Advertisement

मालदिभ्सको २० लाख पर्यटक भित्र्याउने लक्ष्य

0 19

Advertisement

२२ माघ, काठमाडाैं । मालदिभ्स र भारतबीचको सम्बन्धमा चिसोपन बढिरहेको छ । यस्तो अवस्थामा भारतमा घुम्नका लागि मालदिभ्स नजाने वा मालदिभ्सको पर्यटन क्षेत्रलाई वहिष्कार गर्ने अभियान नै चलिरहेको छ ।

मालदिभ्समा भारतीयहरु नै सबैभन्दा धेरै पर्यटकका रुपमा जाने गर्छन् । सन् २०२३ मा २ लाखभन्दा धेरै भारतीय पर्यटक मालदिभ्स भ्रमणमा गएका थिए । भारतमै मालदिभ्सलाई वहिष्कार गर्ने अभियान चलिरहेका बेला त्यहाँका राष्ट्रपति राष्ट्रपति मोहम्मद मुइज्जुले भने मुलुकको इतिहासमै पहिलो पटक सन् २०२४ मा २० लाख पर्यटक भित्र्याउने बताएका छन् ।

मुइज्जुले सोमबार बिहान संसदको अन्तिम अधिवेशनको उद्घाटन बैठकमा राष्ट्रपतिका रूपमा आफ्नो पहिलो सम्बोधनमा उक्त आफ्नो मुलुकले २० लाख पर्यटक भित्र्याउने बताएका हुन् ।

राष्ट्रपति मुइज्जुले वेलाना अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारले वर्षको मध्यसम्ममा औसतमा १०.३ प्रतिशतले पर्यटक आगमनमा वृद्धि हुने बताए । मालदिभ्स सरकारले यस वर्ष २० वटा नयाँ रिसोर्ट खोल्न चाहेको र ती रिसोर्टमा दुई हजार ८२७ बेड थपिने उनको भनाइ छ ।

विभिन्न कारणले रोकिएका टापु, जग्गा प्लटिङ र तालको विकासका लागि अवरोधको पहिचान गरी सम्भावित समाधानको खोजी भइरहेको राष्ट्रपति मुइज्जुलले बताए । माल्दिभ्सको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ मा माल्दिभ्समा १८ लाख भन्दा बढी विदेशी पर्यटक आएका छन् ।

माल्दिभ्सको पर्यटन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार माल्दिभ्समा यस वर्षको जनवरीमा एक लाख ९२ हजारभन्दा बढी पर्यटक भित्रिएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ११.५ प्रतिशतले बढी हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.