Advertisement

अरुण कुमार चौधरीलाई तत्काल रिहा गर्न उद्योग वाणिज्य संघको अपिल

0 9

Advertisement

१९ माघ, काठमाडाैं । नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंले उद्यमी व्यवसायी एवं सी.जी. होल्डिङ्गसका अध्यक्ष एवं प्रबन्ध निर्देशक अरुण कुमार चौधरीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

संघले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सरकारी जग्गा हडपेको बारे अनुसन्धानका क्रममा बुझ्ने बहाना गरी पक्राउ गर्नु अमानवीय क्रियाकलाप भएको बताएको हो ।

संघद्पारा जारी विज्ञप्तीमा भनिएको छ, ‘कुनै पनि विषयमा सुक्ष्म अनुसन्धान कै क्रममा सप्रमाण दोषी ठहर नहुँदै थुन्ने अनि मात्र सुन्ने प्रक्रिया प्रति हाम्रो असहमति छ । विगतमा पनि जग्गा कै नाममा उद्यमी व्यवसायीहरुलाई महिनौ थुन्ने काम भएको थियो । जग्गाको विषयमा अनुसन्धान बाट गलत र दोषी देखिए विवादित जग्गा कहीं नजाने र सो हकवालाले कब्जा गरी लिन दिन सकिने विषय हो । यसलाई निहुँ बनाएर व्यक्तिलाई हिरासतमा राख्नु सही कदम हुन सक्दैन ।’ संघले कुनै पनि विषयमा सुक्ष्म अनुसन्धान कै क्रममा सप्रमाण दोषी ठहर नहुँदै थुन्ने अनि मात्र सुन्ने प्रक्रिया गलत भएको औल्याएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.