सोमबार सुनको भाउ कति ?
०८ माघ, काठमाडाैं । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुनको मूल्य आइतबार पनि सोही भाउमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार प्रतितोला चाँदी १ हजार ३९० रुपैयाँ तोकिएको छ ।
अन्तराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २ हजार २६ दशमलव ८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ५३ डलरमा कारोबार भइरहेको छ ।