Advertisement

टाइगर कप भलिबलमा भारतको हरियाणा टिमलाई आर्मीले हरायो

0 22

Advertisement

०२ माघ, पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबलको महिलातर्फ त्रिभुवन आर्मी क्लबले भारतको हरियाणा टिमलाई ३–२ को सेटमा हराएको छ । प्रतिस्पर्धापूर्ण खेलमा आर्मीले आमन्त्रित क्लब हरियाणालाई पराजित गरेको हो ।

सोमबारको दोस्रो खेलमा आर्मीले सुरुमा अग्रता लिएको थियो । पहिलो सेटमा आर्मीले २५–२२ ले हरियाणालाई हरायो । दोस्रो सेटपछि भने आर्मी पछाडि पर्न थाल्यो । दोस्रो सेटमा आर्मी २५–२० र तेस्रो सेटमा २५–१८ ले लगातार पछाडि रह्यो ।

तर, चौथो सेटपछि भने आर्मी सम्हालिएको थियो । चौथो सेटमा आर्मी लयमा फर्किँदै २५–१७ को सहज जित निकाल्यो । अन्तिम सेटमा पनि १५–१२ को जित निकाल्दै आर्मीले हरियाणालाई पराजित गरेको हो ।

प्रतियोगितामा भारतको हरियाणा भलिबल टिम पहिलो पटक सहभागी भएको हो । उक्त टिमको नेतृत्व भारतको राष्ट्रिय टिमकी कप्तान मिनीमोल अब्राहमले गरेकी छन् ।

महिलातर्फ आजै बिहान भएको पहिलो खेलमा घरेलु टिम गण्डकी प्रदेश विभागीय टिम नेपाल पुलिससँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले समान पाँच लाख ५५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ हात पार्नेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.