Advertisement

अमेरिकामा १५ हजार नेपाली विद्यार्थी

0 16

Advertisement

०१ मंसिर, काठमाडौं । गत वर्षभन्दा २७.९ प्रतिशतले वृद्धि हुँदा अहिलेसम्मकै धेरै नेपाली विद्यार्थी अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । अन्तर्राष्ट्रिय शैक्षिक एक्सचेन्जबारे सन् २०२३ को ओपन डोर्स रिपोर्टअनुसार अमेरिकामा हाल १५ हजार ९० नेपाली विद्यार्थी छन् । गत वर्षभन्दा विद्यार्थीको संख्या २७.९ प्रतिशतले वृद्धि भएको छ ।

रिपोर्टअनुसार शैक्षिक वर्ष २०२२/२०२३ मा १० लाख ५७ हजार एक सय ८८ अन्तर्राष्ट्रिय विद्यार्थी अमरिकामा अध्ययन गर्छन् । अन्तर्राष्ट्रिय विद्यार्थीको शीर्षस्थ गन्तव्यको रूपमा अमेरिका कायम भएको रिपोर्टमा उल्लेख छ । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार आफ्नो फेसबुक पेजमा रिपोर्टको विवरण सार्वजनिक गर्दै ज्ञान तथा सांस्कृतिक बुझाइको विश्वव्यापी आदान–प्रदानप्रति शुभकामना व्यक्त गरेको हो ।

नेपालबाट विदेश अध्ययनका लागि बाहिरिने विद्यार्थी संख्या ठूलो छ । वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) शाखाका अनुसार ०७९/८० मा ७० देशका लागि विद्यार्थीले एनओसी लिएका छन् । चालू आर्थिक वर्ष ०८०/८१ को साउन, भदौ र असोजसम्म २७ हजार विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् ।

आर्थिक वर्ष ०७९/८० मा सबैभन्दा धेरै ३३ हजार नौ सय ९१ ले अस्ट्रेलिया, २१ हजार पाँच सय ७४ ले क्यानडा, १० हजार पाँच सय २७ ले बेलायत र तीन हजार नौ सय ७० विद्यार्थीले अमेरिका जान एनओसी लिएका थिए । यस आर्थिक वर्षमा एक लाख १० हजार दुई सय १७ विद्यार्थीले एनओसी लिएका थिए ।

एनओसी कार्यालयको तथ्यांकअनुसार ०७९/८० मा सबैभन्दा बढी विद्यार्थी व्यवस्थापन विषय अध्ययनका लागि विदेश गएका छन् । यो संख्या २९ हजार सात सय ३४ छ ।

विज्ञान तथा प्रविधि विषय अध्ययनका लागि एनओसी लिनेको संख्या चार हजार दुई सय ३८ छ । जापानिज भाषा अध्ययनका लागि २१ हजार एक सय ३१ जनाले एनओसी लिएका छन् ।

वैदेशिक अध्ययनमा जाने विद्यार्थीसँगै ठूलो रकम पनि बिदेसिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार ०७९/८० मा मात्रै यसरी एक खर्ब ४२ करोड रुपैयाँ बिदेसिएको छ । त्यसअघि ०७८/७९ मा ६७ अर्ब ७० करोड रकम विदेश पढ्न जानेहरूबाट बाहिरिएको थियो । चालू आर्थिक वर्षको साउनमा मात्रै अध्ययनका लागि १० अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.