Advertisement

लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग १४३८ मेगावाट, पिक समयमा ५१७मेगावाट भारतर्फ निर्यात

0 2,288

Advertisement

२६ कात्तिक, काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत्उच्च माग (पिक डिमाण्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजेपिक डिमाण्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको रेकर्ड गरेको छ । गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत्पिक डिमाण्ड १३०५ मेगावाट थियो ।

तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । यस वर्ष प्राधिकरणले पिक डिमाण्ड १३५७ मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत्आपूर्ति व्यवस्थापन गरेको थियो ।

लक्ष्मीपूजाको दिनको पिक डिमाण्ड देशभित्रैका विद्युत्गृहहरुबाट उत्पादन गरी आपूर्ति गरेको थियो ।

देशभित्रको विद्युत्मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत्पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गत वर्ष लक्ष्मीपूजा पिक समयमा ४०६ मेगावाट मात्र निर्यात गरिएको थियो । लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग १९५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमाण्ड १७११ मेगावाट थियो ।

यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३४२ मेगावाट थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मीपूजाको दिन विद्युत्विद्युत्माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन आइतबार उपकार्यकारी निर्देशकहरुको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिनु भएको थियो ।

कार्यकारी निर्देशक घिसिङले ७ वर्षअघि लक्ष्मीपूजाको दिनको माग पूरा गर्न २५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनलेनै धानेर बचत भएको विद्युत्निर्यात गर्ने अवस्थामा पुग्नुऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको बताउनुभयो । उहाँले गत वर्षभन्दा लक्ष्मीपूजाको पिक डिमाण्ड १० प्रतिशत बढ्नु सकारात्मक रहेको उल्लेख गर्नुभयो । जलाशययुक्त कुलेखानी पहिलो, दोस्रोर तेस्रोबाट १०१ मेगावाट विद्युत उत्पादन क्षमता भएता पनि प्राधिकरकणले पिक समयमा १६ मेगावाटमा मात्र चलाएको थियो ।

प्राधिकरणका स्वामित्वका अन्य विद्युत्गृहहरुबाट ४२० मेगावाट, माथिल्लो तामाकोशी, चिलिमेलगायतका प्राधिकरणका सहायक कम्पनीका स्वामित्वमा रहेका विद्युत्गृहहरुबाट ५२२ मेगावाट, निजी क्षेत्रका विद्युतगृहहरुबाट ९९७ मेगावाट विद्युत्उत्पादन गरी आपूर्ति गरिएको थियो ।

विवरणलक्ष्मीपूजा २६ कात्तिक २०८०लक्ष्मीपूजा ७ कात्तिक २०७९
नेपाल विद्युत् प्राधिकरण (जलाशययुक्त बाहेक)४२६ मेगावाट४३५ मेगावाट
विद्युत प्राधिकरणका सहायक कम्पनी५२२ मेगावाट४८३ मेगावाट
निजी क्षेत्र९९७ मेगावाट७९३ मेगावाट
विद्युत प्राधिकरण (जलाशययुक्त)१६ मेगावाट
निर्यात५१७ मेगावाट४०६मेगावाट
राष्ट्रिय प्रणालीको पिक डिमाण्ड (निर्यातबाहेक)१४३८ मेगावाट१३०५ मेगावाट
प्रणालीको पिक डिमाण्ड (निर्यातसहित)१९५५ मेगावाट१७११ मेगावाट
काठमाडौं उपत्यकाको विद्युत् माग३६६ मेगावाट३४२

स्रोत:नेपाल विद्युत प्राधिकरण ।

विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत्आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । २०७३ को लक्ष्मीपूजाकै दिनबाट देशलाई लोडसेडिङमुक्त घोषणा गर्ने अभियान सुरु गरिएको थियो।अहिले मुलुक लोडसेडिङबाटमुक्त मात्र छैन देशभित्र खपत गरी बचत भएको विद्युत्नि र्यात भइरहेको छ ।

प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अपरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.