Advertisement

कान्तिपुर मिडिया ग्रुपको गेटमा धर्नामा बसेका पत्रकारमाथि आक्रमण, पत्रकार प्रधान घाइते

0 23

Advertisement

२२ कार्तिक, काठमाडौँ । पत्रकारहरुलाई गैरकानुनी रुपमा निष्काशन गरेको विरुद्ध कान्तिपुर मिडिया ग्रुपको कार्यालय अगाडी धर्नामा बसेका पत्रकारमाथि आक्रमण प्रयास भएको छ । बुधबार नेपाल पत्रकार महासंघको नेतृत्वमा आन्दोलनको कार्यक्रम भइरहेका बेला एक अपरिचित युवाले आक्रमण प्रयास गरेका हुन् ।

ती युवाले कार्यक्रम सञ्चालन गरिरहेका नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका महासचिव रोयल आचार्यमाथि ढुङ्गा प्रहार गरेका थिए । आचार्य आफूलाई हानिएको ढुङ्गा छलेपछि पत्रकार टिकाराम प्रधानलाई लागेको थियो । पत्रकार प्रधान सामान्य घाइते भएका छन् ।

घटनास्थलबाट आचार्यले भने– ‘मैले कार्यक्रम सञ्चालक गरिरहेको थिएँ । मलाई ताकेर ढुंगा प्रहार भयो । मैले छले पनि पत्रकार टिकाराम प्रधानलाई लाग्यो । खुट्टामा चोट लागेर उहाँ सामान्य घाइते हुनु भएको छ । स्थानीय क्लिनिकमा उपचार पछि उहाँ अहिले धर्नामा सहभागी हुनुहुन्छ । आक्रमण गर्ने युवा को हुन भन्ने खुलेको छैन । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।’

घाइते पत्रकार प्रधान कान्तिपुरबाट अन्यायमा परेका पत्रकार हुन् । आज पत्रकार महासंघको केन्द्रीय समितिको निर्णय अनुसार एसोसिएट प्रदेश समिति र प्रतिष्ठान प्रदेश समितिको संयोजनमा कानुन विपरीत कान्तिपुरबाट निकालिएका पत्रकारहरुको न्यायका लागि धर्ना कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम सञ्चालक भएको कारण आफूलाई टार्गेट गरिएको हुनसक्ने महासचिव आचार्यले रातोपाटीलाई बताए ।

कान्तिपुर दैनिकले गैरकानुनी रुपमा पत्रकार निष्कासन तथा सरुवा गरेको विषयमा नेपाल पत्रकार महासंघले कान्तिपुर दैनिकको कार्यालय अगाडि आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.