Advertisement

राष्ट्रिय सभाको रिक्त हुने १९ सिटमा माघ १० वरिपरि निर्वाचन गर्न आयोगको प्रस्ताव

0 17

Advertisement

१५ कार्तिक, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटका लागि आगामी माघ १० गते वरिपरि निर्वाचन गर्न प्रस्ताव गरेको छ। बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त मितिमा निर्वाचन गर्न उपयुक्त हुने प्रस्ताव गरेका हुन्।

उनले माघ १०, ११ वा १२ गतेसम्म चुनाव गर्न आवश्यक रहेको र त्यसका लागि आयोग तयार रहेको र सरकारले आवश्यक निर्णय गर्नुपर्ने थपलियाले बताए।

त्यस्तै प्रतिनिधि सभामा रिक्त रहेको १ सिट, प्रदेश सभामा २ सिट र स्थानीय तहमा २४ स्थानमा उपयुक्त समयमा उपनिर्वाचन गर्न आयोग तयार रहेको पनि उनले बताए।

फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्य रिक्त हुँदैछन्। सदस्य रिक्त हुनुभन्दा एक महिनाअघि निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ। सोही व्यवस्था अनुसार निर्वाचनका लागि आयोगले यस्तो मिति प्रस्ताव गरेको हो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.