Advertisement

मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी नालीमा खस्यो– १ जनाको मृत्यु, ८ जना घाइते

0 34

Advertisement

०१ कार्तिक, काभ्रे । काभ्रेको पनौतीमा मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी पल्टिँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ८ जना घाइते भएका छन्।

बागमती प्रदेश ०३-००१-ज ०२९८ नम्बरको इलेक्ट्रिक गाडीले बुधबार बिहान काभ्रेको पनौती नगरपालिका–५, सुन्दरबस्तीमा बा ६५ प १७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकललाई ठक्कर दिएर भाग्ने क्रममा उक्त गाडी सडक छेउको नालीमा खसेको थियो।

गाडीमा चढेका ७ जना र मोटरसाइकलमा चढेका २ जना घाइते भएका हुन्। घाइते भएका ९ जनालाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो। घाइतेमध्ये गाडीमा यात्रारत रामेछापको मन्थली नगरपालिका १२ की २० वर्षीया रमिला बुढाथोकीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी, डीएसपी राजकुमार श्रेष्ठका अनुसार धुलिखेल अस्पतालले बुधबार बिहान ७:३५ बजे बुढाथोकीलाई मृत घोषणा गरेको थियो।

गाडीका चालक काभ्रेको पनौती नगरपालिका–५ का ४१ वर्षीय उपेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइते हुनेमा गाडीका यात्रु रामेछापको मन्थली नगरपालिका–१ की २३ वर्षीया पुष्पा तामाङ, लिखु तामाकोशी गाउँपालिका–६ का ५१ वर्षीय टंकप्रसाद दाहाल, मन्थली नगरपालिका–२ की ३० वर्षीया ज्ञानु ढुंगेल, मन्थली–१ का १८ वर्षीय रकिट ढुंगेल, लिखु तामाकोशी गाउँपालिका–६ का ३८ वर्षीय अनिल आलेमगर, सिन्धुलीको सुनकोशी गाउँपालिका–३ का ३१ वर्षीया उर्मिला घिमिरे छन्। यस्तै, मोटरसाइकलमा सवार इलाम थाकथुम गाउँपालिका ३ का ४० वर्षीय रामकुमार राई र उनकी श्रीमती ३९ वर्षीया प्रविशा सुनुवार घाइते भएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.