Advertisement

एशिया ब्यालेन्स्ड फन्ड र ग्रोथ फन्डको प्रतिफल घोषणा

0 18

Advertisement

२९ असाेज, काठमाडाैं । एनआईसी एशिया ब्यालेन्स्ड फन्ड र एनआईसी एशिया ग्रोथ फन्डको प्रतिफल (नगद लाभांश) प्रस्ताव भएको छ ।

एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालित दुबै योजनाको प्रतिफल असोज २७ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको हो ।

बैठकले आव २०७९/८० को एनआईसी एशिया ब्यालेन्स्ड फन्डका इकाईधनीलाई करसहित १० प्रतिशत तथा एनआईसी एशिया ग्रोथ फन्डका इकाईधनीलाई कर सहित १०.५० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

अघिल्लो आव २०७८/७९ बाट एशिया ब्यालेन्स्ड फन्ड र एनआईसी एशिया ग्रोथ फन्ड दुबैका इकाईधनीले करसहित समान १० प्रतिशतका दरले प्रतिफल पाएका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.