Advertisement

लेखा सुपरीवेक्षण समितिको गोष्ठी अन्तर्गत शुक्रबार चार विषयवस्तुमाथि कार्यपत्र प्रस्तुत हुँदै

0 45

Advertisement

२६ असाेज, काठमाडाैं । लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० अन्तर्गत आज शुक्रबार विभिन्न तीन वटा विषयवस्तुमाथि कार्यपत्र प्रस्तुत हुँदैछन् । गोष्ठीको दोस्रो दिनको पहिलो सत्रमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्ता मणी शिवाकोटीले सहकारीको आन्तरिक नियन्त्रण प्रणालीः विकास र अभ्यास विषयमा प्रस्तुत गर्दैछन् ।

यस्तै दोस्रो सत्रमा राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले सहकारीको सुशासन र स्वनियमनः प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली विषयमा कार्यपत्र प्रस्तुत गर्नेछिन् । यसैगरी तेस्रो सत्रमा एशियाली ऋण महासंघका प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीले सहकारीको आन्तरिक नियन्त्रण प्रणालीः विधि प्रविधि र औजार विषयमा प्रस्तुत गर्नेछन् ।

त्यस्तै त्यस्तै गोष्ठीको अन्तिम कार्यपत्र सहकारी व्यवस्थापन समितिको कार्यालयका प्रमुख काशीराज दाहालले प्रस्तुत गर्नेछन् । उनले सहकारीको विद्यमान संकट सामनाः रणनीति र भावी कार्यदिशा विषयमा आफ्नो प्रस्तुती दिने कार्यक्रम तय भएको आयोजक राष्ट्रिय सहकारी बैंकले जनाएको छ ।

“दिगो, पारदर्शी र जोखिमरहित सहकारी लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी” भन्ने थिमसहित काठमाडौंको याक एण्ड यति होटलमा बिहीबारदेखि लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० आजबाट सुरु भएको हो । भएको गोष्ठीमा देशभरबाट ५ सयजना सहभागिता रहको बैंकले जनाएको छ । लेखा सुपरीवेक्षण समितिको भूमिकालाई थप प्रभावकारी बनाई सहकारीमा सुशासन एवं आन्तरिक नियन्त्रण पद्धति स्थापनामार्फत दिगो सहकारीको निर्माणमा योगदान पुग्ने गोष्ठीको मुख्य उद्देश्य रहेको बैंकका अध्यक्ष केबी उप्रेतीले जनाकारी दिए । गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वबाट विभिन्न ८ वटा विषयमा कार्यपत्र प्रस्तुती हुने छ ।

गोष्ठीको पहिलो दिन बिहीबार नेपालको सहकारीमा लेखा सुपरीवेक्षण समितिको अभ्यासः व्यवस्था र अवस्था विषयमा राष्ट्रिय सहकारी बैंकका लेखा समिति सदस्य केशवप्रसाद सापकोटाले प्रस्तुत गरेका थिए । त्यस्तै वित्तीय सहकारीको जोखिम मापनः संरचना र पद्धति विषयक कार्यपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले प्रस्तुत गरे । तेस्रो सत्रमा सहकारीको वित्तीय जोखिमः मापन र व्यवस्थापन रणनीति विषयमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत डा. नवराज सिंखडाले प्रस्तुत दिएका थिए ।

पहिलो दिन बिहीबारको अन्तिम सत्रमा सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा सञ्चालन एवं अनुपालना जोखिमः मापन र व्यवस्थापन रणनीति विषयमा कार्यपत्रमाथि आफ्नो प्रस्तुती दिएका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.