Advertisement

कर्णाली प्रदेश निजामती विधेयक पारित हुँदै

0 19

Advertisement

२२ असोज, सुर्खेत । कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आजको प्रदेश सभा बैठकबाट पास गर्ने गयारी छ ।

प्रदेश सभा बैठकमा प्रदेश मामिला समितिका सभापति कल्यानी खड्काले विधेक प्रस्तुुत गर्नेछिन् । उक्त विधेयक गत साउन ३२ गते सरकारका तर्फबाट प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले प्रदेशसभा बैठकमा पेश गरेका थिए ।

विधेयक प्रदेश सभामा टेबल भएपछि आवश्यक छलफलका लागि प्रदेश मामिला समितिकामा गएको थियो । समितिले विधेयकलाई अन्तिमरुप दिएर आजको प्रदेश सभा बैठकमा प्रस्तुत गर्न लागेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

विधेयकले सबै तहका कर्मचारीलाई समान बढुवाको व्यवस्था गरेको छ । तर कर्मचारीको स्तर वृद्धिमा भने चौथो तहका कर्मचारी बाहेक अरु कर्मचारीको स्तरवृद्धि हुने प्रावधान विधेयकमा गरिएको छ । जसले गर्दा विधेयक हुुवहुु पारित भए चौथो तहका कर्मचारी मारमा पर्ने एक कर्मचारीले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.