Advertisement

काठमाडौंका तीन सडकखण्ड एकतर्फी बनाइँदै

0 25

Advertisement

२२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका ३ वटा सडक खण्डलाई एकतर्फी बनाइने भएको छ ।

कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित महेन्द्र शालिकबाट कृष्णपाउरोटी चोकभन्दा तल (काठमाडौं प्लाजानेर) पुग्ने सडक एकतर्फी बनाउन लागिएको ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

यसैगरी त्रिपुरेश्वरतर्फबाट काठमाडौं–ललितपुर जोड्ने सेतोपुल (नयाँ पुल) हुँदै गुसिङ्गाल निस्किने सडक पनि एकतर्फी बनाउन लागिएको प्रवक्ता भट्टले जानकारी दिए ।

ती सडक एकतर्फी बनाउने निर्णय भइसके पनि त्यसको जानकारी दिन ट्राफिक सङ्केत र सार्वजनिक सूचना निकाल्न बाँकी छ । सार्वजनिक सूचना प्रकाशित भएपछि केही दिन यात्रु र चालकहरुलाई एकतर्फी बनाइएकोबारे जानकारी दिइने छ । त्यसपछि कार्यान्वयनमा जाने र नियम उल्लंघन गरेमा जरिमानासहितको कारबाही हुने ट्राफिक प्रहरीले जनाएको छ ।

निर्णय कार्यान्वयनमा आएमा त्रिपुरेश्वरबाट काठमाडौं-ललितपुर जोड्ने सेतोपुल (नयाँ पुल) हुँदै सानेपा तर्फ जान पाइए पनि सोही बाटो भएर त्रिपुरेश्वरमा फर्किन पाइने छैन । ललितपुरतर्फबाट त्यो बाटो यात्रा गर्नेहरूले टेकुतर्फ जाने सडक प्रयोग गर्नुपर्ने छ ।

त्यस्तै जमल र दरबारमार्गबाट रत्नपार्कतर्फ आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडिएर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन र पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब काठमाडौं प्लाजाबाट वायाँ मोडिएर महेन्द्र शालिकतर्फ जान पाइने छैन ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.