Advertisement

मेसी आबद्ध भएपछि पहिलोपटक बराबरीमा रोकियो मियामी

0 11

Advertisement

१४ भदाै, काठमाडौं । लियोनल मेसीको आगवनपछि लगातार जित निकालेको इन्टर मियामी बिहीबार भने बराबरीमा रोकिएको छ। नेपाली समयानुसार बिहीबार बिहान सम्पन्न भएको खेलमा मियामी नासभिलसगँ बराबरीमा रोकिएको हो।

मेजर लिग सोकरअन्तर्गत भएको खेलमा दुबै पक्षबाट गोलरहित बराबरीमा खेल सकिएपछि मियामीको वियजी यात्रामा पूर्ण विराम लागेको हो।

यसअघि मेसी आबद्ध हुनभन्दा अघि लगातार ११ खेलसम्म जित निकाल्न नसकेको मियामीले मेसी आबद्ध भएपछि लगातार जित निकाल्दै आएको थियो। लिग्स कपको उपाधि जित्नेदेखि युएस ओपन कपको फाइनलमा समेत मियामी प्रवेश गरेको थियो।

तर मियामीको विजयी यात्रामा नेसभिलले पूर्णविराम लगाइदिएको छ। यसअघि मेसी आबद्ध भएपछि लगातार १० खेलमा मियामीले जित निकालेको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.