Advertisement

पीएसजीले हटायो एमबाप्पेको पोस्टर, जर्सी बेच्न समेत प्रतिबन्ध

0 14

Advertisement

२४ साउन, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) र उनका स्टार खेलाडी केलियन एम्बाप्पेबीचको विवादले झनै उग्र रुप लिन थालेको छ। प्रि–सिजन टुरदेखि प्रशिक्षणबाट समेत एमबाप्पे आउटको घटनापछि पीएसजीले थप कठोर कद चालेको छ।

अहिले पीएसजीले आफ्नो स्टेडियमबाट एमबाप्पेका पोस्टर समेत हटाउन थालेको छ। आधिकारिक स्टलहरुबाट एमबाप्पेका जर्सी बेच्न समेत प्रतिबन्ध लगाइएको छ। एमबाप्पेलाई अहिले नै बेच्न चाहेको पीएसजीले कुनै पनि हालतमा उनलाई क्लबमा राख्ने मुडमा छैन। जसअनुसार एमबाप्पेको ठाउँमा भन्दै पीएसजीले थप खेलाडी समेत अनुबन्धन गरिसकेको छ।

पीएसजीले बार्सिलोनाबाट उसमान डेम्बेले र बेनफिकाबाट अर्का पोर्चुगिज स्ट्राइकर रामोसलाई लोनमा भित्र्याएको छ। एमबाप्पेलाई अहिले नै बेचेर मोटो रकम लिने दाउमा पीएसजी छ भने एमबाप्पे भने १ वर्ष पीएसजीमै बस्दै फ्रि ट्रान्सफरमा अन्य क्लबमा जान चाहेका छन्। यही द्वन्द्वले अहिले पीएसजीमा चरमोत्कर्ष लिएको छ। जसअनुसार पीएसजीले एमबाप्पेको पोस्टर हटाउनेदेखि आधिकारिक स्टलबाट जर्सी बेच्न समेत प्रतिबन्ध लगाएको छ।

लिग वान च्याम्पियन पीएसजीले नयाँ सिजनका लागि सोमबारदेखि प्रशिक्षण सुरु गरेको छ। तर उक्त प्रशिक्षणमा एमबाप्पे भने सहभागी छैनन्। उनी यसअघि पीएसजीको प्रि–सिजनको एसिया टुरमा समेत सहभागी भएका थिएनन्।

पीएसजीका मुख्य गोलकर्ता एमबाप्पेको सम्झौता अबको एक वर्षमा सकिँदैछ। उनी पीएसजीसँग सम्झौता नलम्ब्याउने पक्षमा छन्। जसकारण पीएसजी र एमबाप्पेबीच अहिले ठूलो विवाद छ।
पीएसजी एमबाप्पेलाई अहिले नै बेचेर मोटो रकम लिने दाउमा छ। जसअनुसार पीएसजीले एमबाप्पेलाई साउदी क्लब अल हिलाललाई बेच्ने तयारी गरेको थियो। तर त्यसलाई एम्बाप्पेले ठाडै अस्वीकार गरेका थिए।

एम्बाप्पेका लागि अल हिलालले विश्व कीर्तिमानी रकम २५९ मिलियन पाउन्डको मेगा प्रस्ताव गरेको थियो। अल हिलालको उक्त प्रस्तावमा सहमति जनाउँदै पीएसजीले एमबाप्पेसँग थप वार्ता गर्न स्वीकृति दिएको थियो। पीएसजीको उक्त स्वीकृतीसँगै एमबाप्पेका एजेन्टलाई अल हिलालसँग कुराकानी गर्ने बाटो खुलेको थियो। तर एमबाप्पेले अहिले नै युरोप छाडेर साउदीको प्रो–लिगमा नजाने भन्दै ठाडै अस्वीकार गरेपछि हिलालको मेगा प्रस्तावमा थप कुराकानी अघि बढ्न सकेन।

एक वर्षपछि सम्झौता सकिने भएकाले त्यतिबेला सित्तैमा स्टार खेलाडी एमबाप्पेलाई छाड्नुपर्ने भएकाले पीएसजी अहिले नै कुनै पनि हालतमा उनलाई बेच्ने रणनीतिमा छ। एमबाप्पेले अहिले क्लब नछाडे एक वर्षसम्म बेन्चमै थन्क्यिाइदिने भन्दै पीएसजीले धम्की समेत दिइसकेको छ।

इंग्लिस क्लब लिभरपुल, चेल्सी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम, सिरी ए क्लब इन्टर मिलान, ला–लिगा रियल मड्रिड अहिले एमबाप्पे भित्र्याउने रणनीतिमा लागेका छन्।

एमबाप्पे जानसक्ने बलियो विकल्पको रुपमा रियल मड्रिडलाई हेरिएको छ। यसअघि अर्को सिजनको अन्त्यमा पीएसजी छाड्ने र रियल मिड्रिड जाने इच्छा स्वयम् एमबाप्पेले व्यक्त गरेका थिए। त्यसमाथि करिम बेन्जेमाले रियल छाडेपछि उनको स्थानमा रियलले अर्को खेलाडी ल्याइसकेको छैन। जसकारण पनि एमबाप्पे रियल जान सक्ने आधारहरु रहेको बीबीसीले उल्लेख गरेको छ।

अहिले महँगो रकम लिएर एमबाप्पेलाई बेच्न नसकेको अवस्थामा महँगो रकम लिएर एक वर्षका लागि लोनमा भए पनि पठाउने रणनीतिमा पीएसजी छ। जसकारण लोनमा भए पनि एमबाप्पे पीएसजी जान सक्ने बताइन्छ। यदि भनेअनुसार कुनै क्लबमा आबद्ध नभएको अवस्थामा अबको एक सिजन एमबाप्पे पीएसजीमै बस्नुपर्ने हुन्छ। किनकि पीएसजीसँग उनको १ वर्ष सम्झौता बाँकी नै छ। त्यसपछि उनी फ्रि ट्रान्सफरमा अन्य क्लब जानेछन्।

सन् २०१७ मा १६५.७ मिलियन पाउन्डमा मोनाकोबाट पीएसजीले एमबाप्पेलाई अनुबन्धन गरेको थियो।

एमबाप्पे विगत ६ वर्षदेखि पीएसजीको मुख्य खेलाडीको रुपमा रहँदै आएका छन्। यो समयमा उनले २६० खेल खेल्दै २१२ गोल गरेका छन्। पाँच लिग वान र गोल्डेन बुट समेत एमबाप्पेले जितेका छन्।

उनले फ्रान्सलाई सन् २०१८ को विश्वकप जिताए भने २०२२ को फाइनलमा अर्जेन्टिनासँग पराजित हुँदा ह्याट्रिक गरेका थिए। २०२२ मा आफ्नो अन्तिम सम्झौताको अन्त्यमा उनी रियल म्याड्रिडमा नि:शुल्क सामेल हुने अपेक्षा गरिएको थियो, तर पीएसजीमा २ वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेर सबैलाई चकित पारेका थिए। तर अब भने उनले सम्झौता विस्तार नगर्ने निर्णय गरेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.