Advertisement

१० मिनेटमा ३ गोल गर्दै बार्सिलोनाले जित्यो ग्याम्पर ट्रफी

0 17

Advertisement

२४ साउन, काठमाडौं । ग्याम्पर ट्रफीको उपाधि बार्सिलोनाले जितेको छ। हरेक वर्ष सिजन सुरु हुनअघि बार्सिलोनाले कुनै एक टिमलाई निम्तो दिँदै मैत्रीपूर्ण खेल स्वरुप ग्याम्पर ट्रफीको आयोजना गर्दै आएको छ।

सोहीअनुसार यस वर्षको सिजन सुरु हुनअघि बार्सिलोनाले इंग्लिस टोली टोटनह्यामलाई निम्तो दिँदै ग्याम्पर ट्रफीका लागि प्रतिस्पर्धा गरेको थियो। नेपाली समयअनुसार मंगलबार राति पौन १२ बजेबाट सुरु भएको खेलमा बार्सिलोनाले टोटनह्यामलाई ४–२ गोल अन्तरले पराजित गर्‍यो।

खेलेको ३ मिनेटमै राफिन्हाको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनलाई अग्रता दिलाएका थिए।

तर २४ र ३६ मिनेटमा ओलिभर विलियम स्काइपले दुई गोल गर्दै टोटनह्यामलाई २–१ को अग्रता दिलाए। पहिलो हाफमा २–१ को अग्रता बनाएको टोटनह्याम अन्तिम समयमा सम्हालिन नसक्दा थप ३ गोल खाँदै पराजित हुन पुग्यो।

अन्तिम १० मिनेटमा ३ गोल गर्दै बार्सिलोनाले ट्रफी जित्यो। ८१औं मिनेटमा १७ वर्षीय युवा खेलाडी लामिने यामलको पासमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई बराबरीको स्थितीमा ल्याएका थिए।

टोरेसकै पासमा अन्शु फातीले ९०औं मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका थिए। अतिरिक्त समयमा आब्देले थप १ गोल गरेपछि बार्सिलोनाले ४–२ को नतिजा निकाल्यो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.