Advertisement

हलमा लागे अदृश्य, मेज २ र टिनएज म्युटन्ट निन्जा टर्टल्स

0 38

Advertisement

१९ साउन, काठमाडौं । शुक्रबार नेपालमा तीन नयाँ फिल्म रिलिज भएका छन् । नेपालको क्राइम–थ्रिलर ‘अदृश्य’, हलिउडको साइन्स फिक्सन–एक्सन फिल्म ‘मेज २ : द ट्रेन्च’ र हलिउडकै एनिमेटेड सुपरहिरो फिल्म ‘टिनएज म्युटन्ट निन्जा टर्टल्स : म्युटन्ट माएम’ प्रदर्शनमा आएका छन् ।

नेपाली फिल्म ‘अदृश्य’मा प्रमोद अग्रहरि, सोहित मानन्धर, रिस्ता बस्नेत र छुल्ठिम गुरुङको अभिनय छ । एक घण्टा ३६ मिनेट लामो यो फिल्मले सुकुम्बासी बस्तीकी १३ वर्षीया बालिकामाथि भएको बलात्कारको कथावस्तु पेश गर्छ ।

फिल्मको कथावस्तु नै उक्त घटना वरपर घुमेको छ । एक युवकले बालिकालाई बलात्कार गरेपछि दोषी पत्ता लगाउनेबारे फिल्मको कथा घुम्छ । प्रल्हाद काफ्ले निर्देशित यो फिल्ममा बाल मनोविज्ञान र सामाजिक सन्देशको कथावस्तु समावेश छ ।

जेसन स्थाथम र ऊ जिङ स्टारर ‘मेज २ : द ट्रेन्च’लाई बेन हिवट्लीले निर्देशन गरेका हुन् । यो फिल्म सन् १९९९ मा स्टिभन एल्टनले लेखेको उपन्यास ‘द ट्रेन्च’मा आधारित छ । यो फिल्मले अघिल्लो भागमा जस्तै वैज्ञानिकको समूहलाई पछ्याउँछ, जसले टाइटुलर र मेगालोडोन्सलाई भनिने मिसनलाई अघि बढाउनुपर्छ ।

जब एक द्वेषपूर्ण खानी सञ्चालकले उनीहरूको मिसनलाई खतरामा पार्छन्, त्यसपछि यसलाई रोक्न वैज्ञानिकको समूह बाँच्नका लागि लड्न बाध्य हुनुपर्छ । एक घण्टा ५६ मिनेट लामो यो फिल्मलाई हलिउड स्टुडियो वार्नर ब्रदर्सले विश्वव्यापी वितरण गरेको छ ।

हलिउडकै एनिमेटेड सुपरहिरो फिल्म ‘टिनएज म्युटन्ट निन्जा टर्टल्स : म्युटन्ट माएम’ पनि शुक्रबारदेखि हलमा रिलिज भएको छ । जेफ रवि निर्देशित यो फिल्म टिनेन्ट म्युटन्ट निन्जा टर्टल्सको सातौं श्रृंखला हो । फिल्ममा मानव संसारले जब कछुवालाई घरपालुवाजस्तै सामान्य रुपमा स्वीकार्न तयार छन्, तर एक रहस्यमय सिन्डिकेटको अपराधको खोजीमा अघि बढ्दा समस्या उत्पन्न हुन्छ । अनि कछुवाको अर्को प्रजापतिले उनीहरुमाथि युद्ध छेड्छ । कछुवा र निन्जाको यो चर्चित श्रृंखलाको नियमित दर्शक हुनुहुन्छ भने तपाईंलाई यो फिल्म रुचिकर हुन सक्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.