Advertisement

फिफा महिला विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदै

0 23

Advertisement

०६ साउन, एजेन्सी । फिफा महिला विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।

आज हुने पहिलो खेलमा समूह ‘ई’ को अमेरिका र भियतनामबीच अहिले बिहान पौने ७ बजे खेल हुनेछ । त्यस्तै समूह ‘सी’ को जापान र जाम्बिया दिउँसो पौने १ बजे र समूह ‘डी’ को इंग्ल्याण्ड र हैटीबिच दिउँसो सवा ३ बजे खेल हुनेछ ।

महिला विश्वकपमा हिजो भएको खेलमा स्पेन र स्विजरल्याण्ड विजयी हुँदा नाइजेरिया र क्यानडाले गोलरहित बराबरी खेलेका छन् । अस्तिदेखि सुरु भएको महिला विश्वकप फुटबल आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ । विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.