Advertisement

खर्च घटाउने धेरै ठाउँ छ, सेनाको संख्याबारे बहस नगरौं : बामदेव गौतम

0 15

Advertisement

४ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने विषय औचित्यहीन र अनावश्यक भएको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले खर्च घटाउने नाममा सेनाको आकार घटाउने विषयमा छलफल गर्नु उचित नहुने बताएका हुन् ।

कुनै पनि राज्य बन्नका लागि भूमि, अधिकार सम्पन्न जनता, स्वतन्त्र सरकार र सेना गरी चार अंग आवश्यक पर्ने गौतमले बताए । ती चार अंगमध्ये एउटा अंग कमजोर भए पनि दुर्घटना व्यहोर्नुपर्ने उनको भनाइ छ । ‘राज्यका चार अंग छन्, एउटा अंग कमजोर भयो भने हामीले दुर्घटना ब्यहोर्ने भन्दा केही हुन्न । त्यसैले नेपाली सेनालाई हामीले अपमान गर्न हुँदैन’ उनले भने ।

नेपाली सेनाले धेरै अप्ठयारो परेका बेला नेपालको रक्षा गरेको भन्दै गौतमले सेनाबारे बहस गर्नेहरुलाई इतिहास पढ्न सुझाव दिए । राजाले निर्माण गरेको शक्ति भए पनि नेपाली सेनाले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई समर्थन गरेर जनताले जे निर्णय गर्छन्, त्यो हामी शिरोधार्य गर्छौ भनेर भनेको उनले बताए ।

‘त्यो सेना, गौरवगाथा बोकेको सेना, त्यो इतिहास पढनुपर्छ, दोहोर्‍याएर पढनुस् म ती साथीहरुलाई अनुरोध गर्छु, जसले सेनाको संख्या घटाउनुपर्छ, त्यसबाट बचेको पैसाले देश विकास गर्नुपर्छ भन्छ’ उनले भने ।

खर्च घटाउन प्रतिनिधिसभाका सदस्यहरुको संख्या घटाउन सकिने, राष्ट्रियसभा नै खारेज गरे पनि हुने भन्दै उनले सेनाको आकार घटाउन नहुने बताए । उनले संविधानमा संघीय व्यवस्था भएकाले मात्र प्रदेश संरचना आवश्यक देखिएको नभए त्यसको पनि कुनै अर्थ नभएको बताए ।

‘पैसा जोगाउनका लागि त धेरै ठाउँहरु छन् । प्रदेशसभाको के काम छ ? संघीय संरचना भएको हुनाले काम छ । संविधानमा छ । त्यसो भएर मैले अन्यथा भन्दिन । तर काम के छ ? कहानिर गर्छ त्यसले काम ?’ उनले प्रश्न गरे ।

गौतमले अगाडि भने, ‘२७५ जनाको प्रतिनिधिसभा किन चाहिएको छ ? घटाउनुस् यसलाई । २ सयमा झार्नुस् । २ सय ५ जनाको बनाउनुस् । २०३ जनाको बनाउनुस । अथवा १५०-१५१ जना बनाउनुस् । यसरी चल्छ । राष्ट्रियसभाको सदस्य हौं, भन्न त मिलेन । तर प्रतिनिधिसभाको भन्दा छुट्टै अधिकार र कर्तव्य के छ ?’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.