बूढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय उद्घाटन गर्ने, प्रधानमन्त्री प्रचण्ड गोरखा जाँदै
०३ साउन, काठमाडाैं । बूढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय उद्घाटन गर्नेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार गोरखा जाने भएको छ ।
बूढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय उद्घाटनका लागि बिहान ११ बजे गोरखा जान लागेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताए ।
गोरखाको सिउरेनीटारमा बूढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय उद्घाटन गर्न लागिएको हो । त्यो आयोजनाको मुआब्जा वितरण तथा पुनर्वास एकाइ हो ।
१२ सय मेगावाटको जलासययुक्त आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत कम्पनी बनाइसकेको छ।