Advertisement

मोबाइल फोनः सबै स्मार्ट फोनको चार्जर एउटै प्रकारको बनाउनु पर्ने युरोपेली आयोगको प्रस्ताव

0 14

Advertisement

युरोपेली आयोगबाट प्रस्तावित नयाँ नियमले मोबाइल फोन तथा उपकरण उत्पादकहरूलाई सबै स्मार्टफोनहरूमा प्रयोग हुन सक्ने एकै प्रकारको अर्थात साझा किसिमको चार्जर बनाउन बाध्य पार्नेछ।

०३ साउन, बीबीसी । यसले उपभोक्ताहरूलाई हरेक पटक नयाँ फोन किन्दा नयाँ चार्जर पनि किन्नुपर्ने वाध्यता हट्ने र इलेक्ट्रोनिक फोहोर नियन्त्रित हुने ठानिएको छ।

तर एपल कम्पनीले भने उक्त नियमको आलोचना गरेको छ।

युरोपेली आयोगले मोबाइल फोन, ट्याबलेट तथा हेडफोनहरूका निम्ति साझा चार्जरसम्बन्धी मस्यौदा कानुन पेश गरेको छ।

जस अनुसार सबै मोबाइल चार्जरहरू युएसबि-सि कनेक्टर प्रकारको हुनुपर्ने नियम लागु हुनेछ।

एपल कम्पनीले सो निर्णयले संसारभरि उपभोक्तालाई हानि हुने बताएको छ।

एकजना इयु आयुक्त टियरी ब्रेटनले त्यस्ता युनिभर्सल चार्जरले द्रुत गतिमा परिवर्तनशील प्रविधिमा तादात्म्य ल्याउने तथा उपभोक्ताहरूलाई चार्जर विना उपकरण किन्ने विकल्प मिल्ने बताए।

तर उक्त योजनाका आलोचकहरू चाहिँ त्यसो गर्दा नवप्रवर्तन रोकिने आशङ्का गर्छन्।

विभिन्न चार्जरहरू

चेतावनी

एपल कम्पनीले त्यस्तो निर्णय भए उसका दशौँ लाख उपकरण बेकामे हुने र थप इलेक्ट्रोनिक फोहोर निर्माण हुने चेतावनी दिएको छ।

एक दशकदेखि इयुका कानुननिर्माताहरूले सबै उपकरणलाई उपयुक्त हुने स्ट्यान्डर्ड किसिमको चार्जरको वकालत गरिरहेका थिए जसले वातावरणलाई पनि राम्रो गर्ने र उपभोक्ताहरूलाई पनि सहज हुने ठानिन्छ।

युरोपेली आयोगको अनुसन्धानले फालिएका तथा प्रयोगमा नआएका चार्जिङ् तारहरूका कारण हरेक वर्ष ११ हजार टन फोहोर उत्पादन हुने गरेको पाएको थियो।

गत वर्ष युरोपेली संघमा ४२ करोड मोबाइल फोन तथा अन्य हाते उपकरण विक्री भएका थिए।

औसतमा प्रत्येक व्यक्तिसँग तीनवटा फोन चार्जर रहने गरेको जसमध्ये २ वटा प्रयोगमा आउने गरेको पाइएको थियो।

युरोपले ल्याएको नयाँ नियम लागु हुन भने केही वर्ष लाग्न सक्छ।

उक्त नियममाथि पहिले युरोपेली संसद तथा राष्ट्रिय सरकारहरूले छलफल गर्नेछन्।

सन् २०२२ मै यो प्रक्रिया सकिने आयोगको आशा छ।

त्यसपछि ती नियमलाई देशका राष्ट्रिय कानुनहरूमा समाहित गर्न थप २ वर्ष उपलब्ध हुनेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.