Advertisement

पोखरा विमानस्थल उद्घाटन भएको ६ महिनापछि अन्तर्राष्ट्रिय विमान अवतरण

0 19

Advertisement

०६ असार, काठमाडाैं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण भएको छ । विमानस्थल उद्घाटन भएको करिब ६ महिनापछि अन्तर्राष्ट्रिय चार्टर्ड जहाज अवतरण गरेको हो ।

चिनियाँ वायुसेवा कम्पनी ‘सिचुवान एयरलाइन्स’ को विमान भिआइपी पाहुना र खेलाडी लिएर पोखरा विमानस्थलमा अवतरण गर्यो । जहाज राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, चीनको लिङ्जी नगरका उपप्रमुखसहितका उच्च पदस्थ व्यक्तित्वहरू, खेलाडी सहित पोखरा आएका छन् ।

चीनको सिचुवान प्रान्त बाट उडेको २ घण्टा ५५ मिनेटमा जहाज पोखरा आइपुगेको छ । शुक्रवारदेखि पोखरामा हुने ‘ड्रागन बोट रेस फेस्टिभल’मा सहभागी हुन आएका खेलाडीसँगै दर्शक र चिनियाँ पर्यटकहरूले विमान चार्टर्ड गरेका हुन् । जहाजमा १३० जना यात्रु सवार थिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ (पुस १७ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । विमानस्थल २२ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको हो । विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान हुन लागेको हो ।

चीनको सिचुआन एयरलाइन्सको आज चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यही असार १ गते सम्झौता भएको थियो । उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानका लागि अनुमति पाएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.