Advertisement

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै

0 17

Advertisement

१७ जेठ, काठमाडाैं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको हो ।

राष्ट्र बैंकले यहि जेठ १८ गते बिहीबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८५ ’झ’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो । उक्त विकास ऋणपत्रको बोलकबोल जेठ १८ र निष्कासन जेठ १९ गते हुने राष्ट्र बैंकले जनाएको छ ।

यो विकास ऋणपत्र ५ वर्षे अवधिको हुनेछ । जेठ १९ गते निष्काशन मिति तोकिएको ऋणपत्रको परिपक्व हुने अवधि २०८५ जेठ १९ गते हुनेछ । केन्द्रीय बैंकले जारी गर्ने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । ऋणपत्रको व्याजदर बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुकले जेठ १८ गते दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन गर्न सक्नेछन् । आवेदन गर्दा न्यूनतम ५० हजार र बढीमा ५० हजारले भाग जाने गरी निष्कासित सबैका लागि आवेदन दिन सक्नेछन् । प्रतिष्पर्धी र अप्रतिष्पर्धी बोलवालालार्ई निष्काशित रकमको ८ अर्ब ५ करोड (८५ प्रतिशत) र १ अर्ब ५ करोड (१५ प्रतिशत) छुट्याइएको केन्द्रीय बैंकले जनाएको छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको कट अफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराईने बैंकले जनाएको छ ।

खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिन र दिनसमेत पाइन्छ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जमार्फत हुनेछ । निश्चित ब्याजदर दिई सरकारले देशभित्रै ऋण संकलन गरेर आफ्ना विभिन्न योजनाका लागि स्रोत जुटाउन ऋणपत्र तथा बचतपत्रलाई माध्यमका रुपमा पटक पटक प्रयोग गर्ने गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.