Advertisement

प्रधानमन्त्रीको भारत भ्रमणमा पूर्ण कार्यान्वयन हुने सम्झौता मात्र गर्छौं : मन्त्री साउद

0 15

Advertisement

१६ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा पूर्ण कार्यान्वयन हुने सम्झौता मात्र गरिने बताएका छन् ।

विगतमा सरकारले भारतसँग गरेका सम्झौताहरुको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यस भ्रमणमा भने सम्झौता गरेका कुराहरुको पूर्ण कार्यान्वयन हुने दाबी गरे ।

भारत भ्रमणको पूर्वसन्ध्यामा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री साउदले कार्यान्वयनको सुनिश्चित गर्न नसके भ्रमणमा भएका सम्झौताको कुनै अर्थ नरहने भन्दै भारतसँग बढाइएका एजेण्डाहरुको पूर्ण कार्यान्वयन हुने बताए ।

प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ गते (भोलि) बाट जेठ २० गतेसम्म भारत भ्रमण गर्दैरैछन् । प्रचण्डको भ्रमण टोलीमा परराष्ट्रमन्त्री साउदसहित अर्थ, भौतिक पूर्वाधार, ऊर्जा र उद्योग मन्त्री लगायत रहनेछन् ।

मन्त्री साउदले दुई देशबीचको सम्बन्धलाई ज्यादा प्रगाढ बनाउन प्रयत्न रहने बताए । ब्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोग र ऊर्जाका मुद्दामा बढी जोड दिइने बताए । भ्रमणका क्रममा पञ्चेश्वर परियोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विषयमा समेत टुंगोमा पुग्न प्रयास गर्ने मन्त्री साउदले जानकारी दिए ।

‘जलविद्युत आयोजनामा भारतीय लगानी सुनिश्चित गर्ने कुरा, एलओसीबाट ट्रान्समिसन लाइनहरु बनाउने कुरा, नेपाल-भारतका बीचमा लामो समय पावर पर्चेज डिल गर्ने कुरा, भारतीय गि्रड र ट्रान्समिसनलाई प्रयोग गरेर बंगलादेशमा विद्युत निर्यात गर्नुपर्ने जस्ता महत्वपूर्ण कुरा सामेल छन् । यसलाई हामी वार्ता, छलफलको माध्यमबाट सहमति र सम्झौतामा टुंगोमा पुग्ने प्रयत्नमा छौँ,’ मन्त्री साउदले भने ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.