Advertisement

प्रधानमन्त्रीको भारत भ्रमणमा ६६९ मेगावाटको तल्लो अरुणको पीडिए गर्ने लगानी बोर्डको निर्णय

0 33

Advertisement

१४ जेठ, काठमाडौं । लगानी बोर्डको बैठकले तल्लो अरुण जलविद्युत आयोजनाका लागि प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा परियोजना विकास सम्झौता (पीडीए) गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बोर्डको बैठकले ६६९ मेगावाटको आयोजनाको पीडीए गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्रीले उक्त आयोजना निर्माणका लागि भारतलाई प्रस्ताव राख्ने र भारतले स्वीकार गरेमा पीडीए हुने छ।

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते ४ दिने लामो भारत भ्रमणमा जाने तय भएको छ। प्रधानमन्त्रीको भ्रमणको क्रममा माथिल्लो कर्णाली, पञ्चेश्वर तथा अरुणसहितमा सहमती गर्ने तयारी सरकारले गरेको छ।

प्रधामन्त्री भएपछि प्रचण्डले पहिलो विदेश भ्रमण भारतबाट गर्न लागेका छन्। प्रचण्डले आफ्नो भ्रमणको मुख्य अजेन्डा जलविद्युत्‌लाई बनाएका छन्। त्यस्तै पेट्रोलियम पाइप लाइन लगायतका सम्झौता पनि गर्ने तयारी सरकारले गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.