Advertisement

नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित

0 17

Advertisement

०९ जेठ, काठमाडौं । राष्ट्रिय सभाबाट आर्थिक वर्ष २०८०/८१ को लागि वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। उक्त नीति तथा कार्यक्रमका विपक्षमा नेकपा एमालेका सांसदहरुले मत राखेका थिए।

एमालेका तर्फबाट विमला राई पौड्याललगायतले संशोधन प्रस्ताव राखेका थिए। फिर्ता नलिइएका उक्त प्रस्तावसमेत अस्वीकृत भएका छन्।

राष्ट्रिय सभामा मंगलबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदका तर्फबाट उठेका प्रश्नमाथि जवाफ दिएका थिए। प्रतिनिधि सभामा भने उक्त नीति तथा कार्यक्रममाथि छलफल जारी छ।

राष्ट्रिय सभाको अर्को बैठक जेठ १४ गते आइतबार बिहान १० बजे बस्नेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.