Advertisement

सशस्त्रका इन्सपेक्टर केसीलाई गृहको स्पष्टीकरण

0 31

Advertisement

०९ जेठ, काठमाडाैं । गृह मन्त्रालयले सशस्त्र प्रहरी निरीक्षक डा समीर केसीलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले लामो समयदेखि जानकारी नै नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै ७ दिनभित्र स्पष्टीकरण दिन भनेको हो ।

नेपाल एपिएफ अस्पतालमा कार्यरत केसी गत चैत १३ गतेदेखि अस्पतालमा अनुपस्थित रहेको मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख छ ।

केसीलाई सशस्त्र प्रहरी सेवाबाट हटाउन आवश्यक कारबाहीको तयारीसमेत भएको छ ।

यसअघि गैरहाजिर रहेको मनासिब कारण ७ दिनभित्र पेश गर्नसमेत केसीलाई मन्त्रालयले आग्रह गरेको थियो । तर केसी सम्पर्कमा नआएपछि मन्त्रालयले प्रस्टीकरण मागेको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.