Advertisement

नियामकिय मापदण्ड पालना नगर्ने चार विकास बैंक राष्ट्र बैंकको कारबाहीमा

0 12

Advertisement

०८ जेठ, काठमाडाैं । नेपाल राष्ट्र बैंकले नियामकिय मापदण्ड पूरा नगर्ने चार विकास बैंकलाई कारबाही गरेको छ।

राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै चार विकास बैंकलाई नगद जरिवाना गरेको हो।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमास अर्थात चैत मसान्तमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगर्ने कर्पोरेट डेभलपमेन्ट, सालपा विकास, नारायणी डेभलपमेन्ट र सप्तकोशी डेभलपमेन्ट बैंकलाई नगद जरिवान गरेको छ।

राष्ट्र बैंकले तेस्रो त्रैमासमा कर्जा निक्षेप अनुपात सीमाभन्दा बढी भएको कर्पोरेट डेभपमेन्ट बैंकलाई १ लाख ९६ हजार २६५ रुपैयाँ, सालपा विकास बैंकलाई १ लाख १० हजार ६६२ रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंकलाई २ लाख ५१ हजार ३२४ रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकलाई १९ लाख ३६ हजार ६३५ रुपैयाँ नगद जरिवान गरेको छ।

त्यसैगरी नारायणी डेभलपमेन्ट बैंकले प्रथम, दोस्रो र तेस्रो त्रैमासमा अनिवार्य नगद मौज्दात सीमा नपुर्याएको भन्दै नगद जरिवाना गरको छ। नारायणीलाई प्रथम त्रैमासमा ३ हजार ९४८ रुपैयाँ, दोस्रो त्रैमासमा ६३ हजार ७८२ तथा तेस्रो त्रैमासमा १ लाख ८ हजार ७७० रुपैयाँ जरीवाना गरेको राष्ट्र बैंकले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.