Advertisement

दुईवटा नयाँ विमान खरिद गर्दै निगम, पारदर्शी हुने दाबी

0 8

Advertisement

२५ वैशाख, काठमाडौं । नेपाल वायु सेवा निगमले दुईवटा नयाँ जहाज खरिदको प्रक्रिया अघि बढाएसँगै विवाद भएपछि खरिद प्रक्रिया पारदर्शी हुने दाबी गरेको छ।

निगमले एक विज्ञप्ति जारी गर्दै यी जहाजहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक समन्वय गरी नियमानुसार पारदर्शी रुपले खरिद गरिने दाबी गरेको हो।

निगमले जहाज खरिदपश्चात् अन्तरदेशीय पर्यटन प्रवर्द्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दरमा केही हदसम्म सुपथ हुने दाबी गरेको छ। निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने र यसबाट आफ्नो राष्ट्रिय र सामाजिक उत्तरदायित्वसमेत निर्वाह हुने निगमले बताएको छ।

नेपालको प्रादेशिक (अन्तर प्रदेश) हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले सहरी क्षेत्रका एअरपोर्टमा उडान भर्नसक्ने दुईवटा जहाज खरिद गर्ने कार्य योजना अघि बढाउन निगम व्यवस्थापनको उप समितिले आफ्नो प्रतिवेदन पेस गरिसकेको निगमले जनाएको छ।

यस्तै जहाज खरिद कार्य सम्पन्न गर्नको लागि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको वैशाख २६ गतेको सञ्चालक समितिको बैठकले निगम सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ।

उक्त उपसमितिले २१ कार्यदिन भित्र प्रतिवेदन बुझाउने गरी कार्यसमेत सुरु गरिसकेको निगमले जनाएको छ।
निगमका अनुसार सहरी क्षेत्रका एअरपोर्टमा चल्ने जहाज नभएका कारण निगमले हाल सहरी एवं व्यापारिक हिसाबले फाइदाजनक क्षेत्रमा उडान भर्न सकिरहेको छैन।

निगमले दुईवटा जहाज खरिद गरेपश्चात काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायत नेपालका सहरी क्षेत्रबाट प्रादेशिक उडान भरी अझै धेरै यात्रुहरुलाई सेवा प्रदान गर्न सकिने दाबी गरेको छ।

nac press relese1683799307.png



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.