Advertisement

कांग्रेस सांसद चौधरी भन्छन्- नक्कली शरणाार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही होस् 

0 34

Advertisement

२६ वैशाख, काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहलाई बचाउने चलखेल भइरहेको भन्दै उनीहरुमाथि पनि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

‘गृह मन्त्रालय, जसले देशमा शान्ति सुरक्षा कायम राख्छ, त्यसको अस्तित्व हेर्दा भुटानी शरणार्थी बनाएर सो प्रकरणको ठूलो काण्ड भएको छ। त्यही मन्त्रालय अन्तर्गत ठूल्ठूला काण्ड हुँदाहुँदै यो काण्ड पनि आएको छ,’ उनले भने, ‘हिजोआज पत्रपत्रिकामा, सामाजिक सञ्जालहरुमा व्यापक रुपमा सदनदेखि सडकसम्म शरणार्थी अमेरिका पठाउने सन्दर्भ अगाडि बढिराखेको छ।’

उनले थपे, ‘म के आग्रह गर्न चाहन्छु भने यो ठगी प्रकरणलाई, यो गिरोहलाई बचाउनका लागि जुन किसिमको अहिले चलखेल चलिराखेको छ। त्यसलाई पनि कडाभन्दा कडा कारबाही गर्न माग गर्न चाहन्छु। यसमा यो वा त्यो, यो समय र त्यो समय नभनी निष्पक्ष रुपमा छानबिन गरियोस्। र, दोषीलाई कारबाही गरियोस् ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.