हलिउडको हड्तालमा राष्ट्रपति बाइडेनको चासो, ठूला स्टुडियो घेर्दै लेखकहरु

0 22

२६ वैशाख, काठमाडौं । राष्ट्रपति जो बाइडेनले अमेरिकी फिल्म उद्योग हलिउडमा भइरहेको हड्तालप्रति चासो व्यक्त गरेका छन् । पारिश्रमक वृद्धि र रोजगारीको सुरक्षाको माग राख्दै हलिउड फिल्म र टेलिभिजन लेखकहरु हड्तालमा उत्रिएको मंगलबार एक साता पुगेको छ ।

राष्ट्रपति बाइडेनले लेखकहरुको योग्यता र श्रमअनुसार चाँडोभन्दा चाँडो सम्झौता गर्न हलिउड स्टुडियोलाई समेत आग्रह गरेका छन् । राष्ट्रपति बाइडेनले ह्वाइट हाउसमा आयोजित डिज्नीको नयाँ श्रृंखला ‘अमेरिका बर्न चाइनिज’को प्रदर्शनपछि हलिउडको हड्ताललाई लिएर यस्तो टिप्पणी गरेका हुन् ।

राष्ट्रपति बाइडेनले सकेसम्म चाँडो निष्पक्ष सम्झौता गर्न आह्वान गरेपछि उपस्थित भीडबाट ताली बजेको थियो । तर यसअघि राइटर्स गिल्ड अफ अमेरिकाले स्टुडियोसँगको वार्ता असफल भएपछि घोषणा गरेको हड्ताललाई लिएर टिप्पणी गर्न ह्वाइट हाउसले अस्वीकार गरेको थियो ।

‘यो रात कथाहरूको शक्ति र कथाकारलाई सम्मान र मूल्यको साथ व्यवहार गर्ने महत्वको सम्झना हो,’ राष्ट्रपति बाइडेनले भने, ‘म आशा गर्दछु कि हलिउडमा लेखकको हड्ताल समाधान हुन्छ र यथासम्भव चाँडो उनीहरूसँग उचित सम्झौता हुन्छ । यो एक प्रतिष्ठित, अर्थपूर्ण अमेरिकी उद्योग हो । हामीलाई कथाहरु सुनाउन लेखक र सबै कामदारको संलग्नताको आवश्यकता छ ।’ कार्यक्रममा बाइडेन ‘अमेरिकन बोर्न चाइनिज’ स्टार के ह्यु क्वानसँगै उपस्थित थिए ।

हड्तालमा उत्रिएका लेखकहरुले नेटफ्लिक्स, डिज्नी, प्यारामाउन्टजस्ता स्टुडियोबाहिर प्रदर्शन गरिरहेका छन् । अमेजन, एचबीओ, वार्नर ब्रदर्स टिभी, एनबीसी, युनिभर्सल, डिज्नी, सीबीएस स्टुडियो र अन्य प्रमुख स्टुडियोले चलिरहेको लेखकहरूको हड्तालको बीचमा फस्टलुक सार्वजनिक गर्ने योजनालाई पछि सारेका छन् 



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.