Advertisement

विश्व चर्चित पेस्ट्री सेफ सरोज थापा सम्मानित

0 28

Advertisement

काठमाडौ । कुलिनरीको सर्वोच्च संस्था वल्ड सेफ एसोसिएसनको निर्णायक टिमसम्म पुगेर पेस्ट्री माध्यमबाट संसारभर नेपाललाई चिनाएका विश्व चर्चित पेस्ट्री सेफ सरोज थापा सम्मानित भएका छन ।

कार्यक्रममा प्रमुख अतिथि साउदीका लागी नेपाली राजदुत महामहिम नवराज सुवेदी रहेका थिए ।कार्यक्रममा, संस्थाले गरेका सामाजिक कार्य र आर्थिक सहयोग को बारेमा जानकारी गराएको थियो। तेस्रो अधिवेशनबाट संस्थाको अध्यक्षमा अन्जान गुभाजु चयन भएका छन्।

आफू सम्मानित भएपछि थापाले नेपाललाई विश्व सामु चिनाउने कोसिस गरेको बताए । सेफलाई पनि सम्मान गर्ने नेपाली संस्कार बसेको भन्दै उनले खुशी व्यक्त गरे । खानाको क्षेत्रलाई प्राथमिकता दिन सके नेपाललाई धेरै राम्रो बनाउन सकिने उनको भनाइ छ ।

को हुन ? सम्मानित सरोज थापा-

नेपालको धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मुलपानीमा बुवा नारायण थापा र आमा चिन कुमारी थापाको कोखबाट मध्यम परिवारमा २०३९ पुष ३ गते जन्म भएको थियो । चार दिदी–बहिनी पछि जन्मनु भएको भएर पनि होला सबैको मायाको पात्रका रुपमा हुर्कनु भयो । गाउँकै महेन्द्रोदय स्कुलबाट माध्यमिक तहको अध्ययन सकेर उच्च शिक्षाका लागि काठमाडौ आउनु भएको थियो । स्कुले जिवनमा पनि राम्रो पढाईका कारण शिक्षक शिक्षिकाहरुले धेरै माया गर्नुहुन्थ्यो । स्कुलमा उहाँ जहिले पनि प्रथम, द्वितिय हुनुहुन्थ्यो र त सबैका प्रिय पनि हुनुहुन्थ्यो । बाल्यकालमा सरोज थापा उहाँका गाउँले र छर–छिमेकीमा पनि निकै प्यारो हुनुहुन्थ्यो किन कि उहाँले गाउँ–गाउँको बाटो र घर–घरमा धारो पु¥याएर सहयोग पु¥याउनु हुन्थ्यो । कहिले आफ्नै हातले मुर्ती कुदेर मन्दिर बनाउनु हुन्थ्यो । सामाजिक कार्यमा भनेपछि सधैं अग्रसर भएर लाग्न रुचाउने बानी उहाँको बाल्यकालदेखि कै बानी हो । स्कुल जिवनमा हस्तकला र चित्रकलामा बिरेन्द्र सिल पनि जित्नु भएको छ । उहाँको बालकला अहिले विश्व चर्चित पेस्ट्री सेफका कार्य सम्पादन गर्न निकै सहज साबित भएको छ किन कि एउटा राम्रो पेस्ट्री सेफ हुनका लागि कला अत्यन्त जरुरी हुन्छ । बाल्यकालदेखि नै कलामा सौखिन भएका कारण नै उहाँलाई यो पेशामा आउन प्रेरित ग¥यो । २०५४ सालमा एस एल सि पुरा गर्नसाथ राजधानी छिर्नु भएका उहाँले सरस्वती बहुमुखी क्यामपसमा रातीको सिफ्टमा भर्ना हुनु भयो । एउटा गाउँबाट शहर छिरेको युवालाई दैनिक जिवन चलाउन त्यती सहज थिएन । दिनमा आफ्नै भिनाजुको पसलमा काम सघाउने र रातमा क्याम्पस पढ्ने गरेर उहाँले प्रबिणता प्रमाण पत्र पुरा गर्नु भयो र कालीमाटीको एक आइसक्रिम सपमा काम पनि पाउनु भयो । काम गर्दै पर्यटन र होटल व्यवस्थापन नेपाल एकेडेमी कलेजमा कुलिनरीमा डिप्लोमा पनि पुरा गरि सांग्रिला होटलमा इन्टर्न शुरु गर्नु थाल्नु भयो । होटल सांग्रिलामा इन्टर्न गर्ने क्रममा एक फ्रान्सेली पहुनाले उहाँको कार्यदक्षता देखेर निकै प्रशंशा गरे र तुरुन्त उहाँलाई मानव संसाधन विभागले बोलाएर अब देखि स्थायी स्टाफको रुपमा नियुक्ती दिएकोमा उहाँको आफ्नो जिवनको करिअरले एक महत्वपूर्ण टर्निङ पोइन्ट सम्झन्छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.