Advertisement

सोफा उत्पादक सङ्घको अध्यक्षमा धरेल

0 124

Advertisement

१७,बैशाख काठमाडौँ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले सरकारी निकायमा नेपालमा उत्पादित सोफा प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

सोफा उत्पादक सङ्घको प्रारम्भिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले सरकारी निकायमा स्वदेशमा उत्पादित सोफा प्रयोग गर्ने वातावरण निर्माण गरे मात्र मुद्रा विदेशिनबाट जोगिने बताउनुभयो ।
“विदेशी सोफा नेपालमा भित्र्याउने वातावरण अन्त्य गर्नका लागि स्वदेशमा उत्पादित सोफालाई प्रोत्साहन गर्नुपर्छ, यसका लागि बागमती प्रदेश सहयोग गर्न तयार छ”, उहाँले भन्नुभयो । मन्त्री लामाले सोफा उत्पादनका लागि आवश्यक पर्ने जनशक्ति निर्माणका लागि बागमती प्रदेशले तालिम दिन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री लामाले रोजगारीका लागि विदेश जाने श्रमशक्तिलाई तालिम प्रदान गरेर पठाउन सकिए देशको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सोफा उत्पादक सङ्घका नवनिर्वाचित अध्यक्ष तारालाल धरेलले सोफाका लागि आवश्यक कच्चा पदार्थ भित्र्याउनका लागि सरकारले सहुलियत दिनुपर्ने बताउनुभयो । उहाँले स्वदेशमा उत्पादित सोफालाई राज्यले प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।

नेपालमा प्रयोग हुने सोफामध्ये २० प्रतिशत सोफा विदेशबाट आयात हुने गरेको बताउँदै विदेशबाट आयात हुने सोफालाई प्रतिस्थापन गर्न सरकार लाग्नुपर्ने अध्यक्ष धरेलको भनाइ छ । कार्यक्रममा नेपाली कांग्रेस धादिङका नेता वासुदेव तिमल्सिना र राजन बुर्लाकोटीले वेरोजगार युवालाई स्वदेशमा रोजगारी प्रदान गर्न सरकार लाग्नुपर्ने बताउनुभएको थियो ।

सोफा उत्पादक सङ्घको अध्यक्षमा धरेल

सोफा उत्पादक सङ्घको आज सम्पन्न प्रारम्भिक साधारणसभाबाट सोफा हव काठमाडौँका प्रोपाइटर तारालाल धरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

सङ्घको उपाध्यक्षमा सुजन अधिकारी, सचिवमा सुरेश अम्गाई, कोषाध्यक्षमा दीपेन्द्र धरेल, सदस्यमा सुजन ढकाल, मनोज साउडी, रेमन नेपाली, मोहन दनाई, पुरन मगर, ज्ञानेन्द्र धरेल र सत्यन देवकोटा हुनुभएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.