Advertisement

अख्तियारमा निजामती कर्मचारी पठाउनै हुँदैन : सांसद सुमना श्रेष्ठ

0 18

Advertisement

०६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निजामती कर्मचारी पठाउनै नहुने बताएकी छिन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले निजामती कर्मचारीले मेल खानेलाई जोगाउने र मेल नखानेलाई सक्याइदिने बताइन्।

‘अख्तियारमा निजामती कर्मचारी पठाउनै हुँदैन। अख्तियारमा पठाउनका लागि खोजीखोजी मान्छे ल्याउनुपर्छ। यस्तो मान्छेहरु ल्याउनुपर्छ, जसले पूर्वाग्रह नराखीकन देशका लागि काम गरोस्’, उनले भनिन्।

अख्तियारले छानबिनलाई तामेलीमा राख्ने विषयमा पनि पारदर्शिता आवश्यक रहेको उनको भनाइ छ। चार वटा समितिले ‘यो हेर’ भनेर पठाएको कुरा पनि तामेलीमा राखिएको भन्दै उनले असन्तुष्टि जनाइन्।

नेपाल आयल निगमले जग्गा खरिद गर्दा खेर भएको भनिएको दुई अर्ब ३४ करोडको घोटलामा लेखा समिति, सुशासन समिति, उपभोक्ता समिति र अर्थ समितिले अख्तियारलाई छानबिन गरेर कारबाही गर भनेको कुरा समेत तामेलीमा राखिएको उनले बताइन्।

श्रेष्ठभन्दा अघि बोलेका नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जिन्दगीमा एक पटक पनि लाभको पदमा नपुगेका व्यक्तिलाई मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइनुपर्ने बताएका थिए। उनले पनि अख्तियारमा तामेली भन्ने रोग रहेको भन्दै त्यसलाई हल गर्नुपर्ने बताएका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.