Advertisement

सबै भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री चौधरी

0 22

Advertisement

०५ वैशाख, काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले सबै भूमिहीनहरूलाई आफ्नै पालामा लालपुर्जा वितरण गर्ने दाबी गर्नु भएको छ । मङ्गलबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले आफ्नै पालामा सबै भूमिहीनहरूलाई लालपुर्जा दिने लक्ष्य आफूले दिएको बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकाका नेवारहरू पनि भूमिहीन रहेको विगतमा राज्यले नदेखेको भन्दै अव आफूले उनीहरूलाई पनि लालपुर्जा प्रदान गर्ने आश्वासन दिनुभयो । उहाँले सहकारीबाट सर्वसाधारणलाई ठगिन नदिनका लागि र त्यसलाई जनताप्रति उत्तरदायी बनाउनका लागि तत्काल विज्ञहरू सम्मिलित कार्यदल बनाएर काम गर्ने घोषणा पनि गर्नुभयो ।

‘‘मेरो पालामा भूमिहीनहरूलाई लालपुर्जा दिने मेरो लक्ष्य रहेको छ । गुठीका पनि समस्याहरू छन् । काठमाडौं, ललितपुर र भक्तपुरको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि तयार गर्ने सोचेको छु । उपत्यकाका मूलवासी लाखौँ नेवारहरू लालपुर्जा विहीन छन् । पुर्खाकै पालादेखि बसोबास गर्दै आएकाहरूले लालपुर्जा पाउनै पर्दछ ।,’’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘काठमाडौंको नेवारलाई किन भूमिहीन देखेन राज्यले ? प्रश्न भने गम्भीर छ । त्यसैले उपत्यका नेवारहरूलाई सो भूमिको लालपुर्जा प्रदान गर्ने पनि मेरो लक्ष्य रहेको छ । सहकारीबाट जनता ठगीको गुनासो छ । कसरी सहकारीलाई जनताप्रति उत्तरदायी बनाउने विस्तृत अध्ययनका लागि विज्ञहरू सम्मिलित एउटा कार्य दल तुरुन्त बनाउनेछु ।’’

मन्त्री श्रेष्ठले काठमाडौं, ललितपुर र भक्तपुरमा देखिएको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि बनाएर पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.