Advertisement

भारतमा पछिल्लो २४ घण्टामा ५,३५७ जनामा कोभिड– १९ सङ्क्रमण

0 15

Advertisement

२६ चैत, काठमाडाैं । पछिल्लो २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण शनिबारको तुलनामा थोरैले कमी आएको छ ।

यद्यपि पछिल्ला केही दिनमा कोभिड सङ्क्रमण बढेको पाइएको छ । अप्रिल १ मा दैनिक २,९९४, अप्रिल २ मा ३,८२४, अप्रिल ३ मा ३,६४१, अप्रिल ४ मा ३,०३८, अप्रिल ५ मा ४,४३५, अप्रिल ५,३३५ जनामा नयाँ सङ्क्रमण देखिएको थियो ।

यसैगरी सक्रिय सङ्क्रमितको हालको सङ्ख्या ३२ हजार ८१४ रहेको छ । आइतबारसम्म दैनिक सकारात्मकता दर ३.३९ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा तीन हजार सात सय २६ निको हुँदा निको हुनेको कुल सङ्ख्या चार लाख ४१ लाख ९२ हजार आठ सय ३७ पुगेको बुलेटिनले जनाएको छ र अहिले समग्र निको हुने दर ९८ दशमलव ७४ प्रतिशत रहेको छ ।

राष्ट्रव्यापी खोप अभियान अन्तर्गत आइतबारसम्म कुल २२०.६६ करोड खोपको डोज दिइएको छ जसमध्ये पछिल्लो २४ घण्टामा ६५९ डोज दिइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.