Advertisement

नयाँ स्टक एक्सचेञ्ज र ब्रोकरविरुद्ध परेको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

0 36

Advertisement

२६ चैत, काठमाडौं । नयाँ ब्रोकर, स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स रोक्न परेको मुद्दाको पेसी तोकिएको छ। अधिवक्ता दिपक विक्रम मिश्रले दायर गरेको रिटमा ४ कात्तिकमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

अल्पिकालीन अन्तरिम आदेश मार्फत नेपाल धितोपत्र बोर्डलाई लाइसेन्स प्रक्रिया स्थगित गर्न आदेश दिएकोमा सर्वोच्चकै संवैधानिक इजलासमा अर्को रिट परेपछि सुनुवाइ हुन सकेको थिएन । तर, संवैधानिक इजलासले संयुक्त इजलासबाट नै मुद्दाको फैसला गर्दा उपयुक्त हुने भन्दै रिट खारेज गरेपछि सर्वोच्चको संवैधानिक इजलासमा उक्त मुद्दाको सुनुवाइ सुरु भएको छ ।

आइतबार न्यायाधीशहरु अनिलकुमार सिन्हा र सुष्मलता माथेमाको संयुक्त इजलासमा उक्त रिटको पेशी चढेको छ । गत बिहीबार नै उक्त रिटको पेशी तोकिएको भएपनि हेर्दाहेर्दैमा बसेको थियो ।

आइतबार भने न्यायाधीशहरु अनिलकुमार सिन्हा र सुष्मलता माथेमाको संयुक्त इजलासमा उक्त रिट सुनुवाइ भइरहेको छ । सोही मुद्दामा हिमालयन ब्रोकरेज कम्पनीकोले पनि अधिवक्ता दिपक विक्रम मिश्र विरुद्ध रिट दायर गरेको थियो ।

उक्त मुद्दामा सरिक हुन पाउँ भनी हिमालयन ब्रोकरले कम्पनीले ४ फागुनमा दायर गरेको रिट समेतको एकासथ सुनुवाइ भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.