Advertisement

प्रधानमन्त्रीले सम्पूर्ण मन्त्रीमण्डललाई तलमाथि गर्न नदिने प्रण गर्नुपर्छ : शेखर कोइराला

0 14

Advertisement

१२ चैत, काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं सांसद् शेखर कोइरालाले अर्थतन्त्रको संकट समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको इच्छाशक्तिका साथै सम्पूर्ण मन्त्रीमण्डललाई तलमाथि गर्न नदिने प्रण गर्नुपर्ने बताएका छन्।

संसद्को विशेष समयमा बोल्दै उनले समाजवाद भ्रष्टाचारको जगबाट नआउने बताए। उनले भने, ‘समाजवादी भ्रष्टाचारको जगबाट आउँदैन, समन्यायिक समाज बनाउने सम्यक विचार र व्यवहार दृष्टिकोण चाहिन्छ।’

उनले साझा संकल्प र प्रयत्नबाट अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको विश्वा जित्न सकिने बताए। विश्वबाट लगानीका अवसर नेपाल भित्र्याउँदा मात्रै बेरोजगारी सम्बोधन गर्न सम्भव हुने उनको भनाइ छ।

अर्थ मन्त्रालयले उद्योग व्यवसाय ऐन नमानेर आर्थिक ऐनले काट्ने गुनासो निजी क्षेत्रको रहेको बताए। उनले संसदीय समितिलगायत विभिन्न निकायबाट अनावश्यक अनुगमनको नाममा व्यवासयीलाई दु:ख दिने काम भइरहेको बताए।

उनले संसद्‌मा प्रस्तुत गरेको भनाइको पूर्ण विवरण



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.