Advertisement

जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि

0 35

Advertisement

०९ चैत, काठमाडाैं । जापानको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२२ मा जापानमा जग्गाको मूल्य १.६ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०२३ को जनवरी १ सम्ममा देशभरका करिब २६ हजार स्थानमा गरिएको सर्वेक्षणमा औसत मूल्याङ्कन अघिल्लो वर्षको तुलनामा १.६ प्रतिशतले बढी रहेको जनाइएको छ ।

यो १५ वर्षयताकै सबैभन्दा ठूलो वृद्धि भएको र कोभिड–१९ को प्रतिबन्ध हटेपछि कार्यालय, आवास र होटलको माग बढेको मन्त्रालयले जनाएको छ ।

सन् २००८ मा १.७ प्रतिशतले मूल्य वृद्धि भएयता सबैभन्दा बढी मूल्य वृद्धि भए पनि यो वृद्धि प्रमुख शहरभन्दा बाहिर देशभर फैलिएको मन्त्रालयले जनाएको छ ।

टोकियो, ओसाका र नागोयाको सबैभन्दा ठूलो सङ्ख्या २.१ प्रतिशतले बढेको छ भने चार क्षेत्रीय शहर साप्पोरो, सेन्दाई, हिरोशिमा र फुकुओकाको मूल्यमा ८.५ प्रतिशतले वृद्धि भएको छ ।

कोभिड–१९ महामारीको प्रभावका कारण जग्गाको मूल्य वृद्धि हुँदै आएको भए पनि अहिले मध्यम आर्थिक पुनः उत्थानका कारण मूल्य वृद्धि भइरहेको मन्त्रालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.