Advertisement

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँट

0 37

Advertisement

०८ चैत, काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले आईपीओ निष्कासनको लागि नियुक्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल बुधबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले २६ फागुनदेखि ३० फागुनसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर साधारण निष्कासन गरेको थियो । उक्त सेयरमा कुल १३ लाख ५६ हजार ३४१ आवेदकले १ करोड ५० लाख ८८ हजार ८८० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ७ हजार ९९९ जनाको आवेदन रद्ध भएर १३ लाख ४८ हजार ३४२ आवेदन स्वीकृत भएको भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार आईपीओ बाँडफाँट गरिएको छ । यसरी बाँडफाँट गर्दा ४ लाख २४ हजार ८९३ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । सोही ४ लाख २८ हजार ८९३ जनामध्ये ८ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमति लागत १३ अर्ब ३३ करोड र प्रतिमेगावाट अनुमानित लागत १८ करोड २६ लाख २ हजार ७४० रुपैयाँ रहेको छ । कम्पनीले आगामी २०८० भदौ २६ गतेसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.