Advertisement

रवि लामिछानेको राहदानी मुद्दा नचल्ने, महान्यायाधिवक्ताको कार्यालयले आजै निर्णय गर्ने

0 38

Advertisement

०६ चैत, काठमाडौं । स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी अनुसन्धानको फाइल महान्यायाधिवक्ताको कार्यालय पुगेको छ। प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा फाइल पेस गरेको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयमा मुद्दा नचल्ने निर्णय गर्दै पठाएको थियो। उच्च सरकारी वकिलको कार्यालयले महान्यायाधिवक्ता समक्ष निर्णयका लागि पठाएको हो।

महान्यायाधिवक्ता कार्यालय उच्चस्रोतका अनुसार लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचल्ने निर्णयको टिप्पणी उठाइसकिएको छ। सम्भवत: सोमबार आजै महान्यायाधिवक्ता दिनमणि पोखरेलले उक्त निर्णय गर्नेछन्। प्रधानमन्त्रीको रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएपछि पोखरेल महान्यायाधिवक्ता भएका थिए।

लामिछानेको नेपाली र अमेरिकी राहदानी रहेको तथा उनले एकै पटक दुई वटा राहदानी प्रयोग गरेका थिए। अमेरिकी राहदानी नबुझाई नेपाली प्रयोग गरेको पाइएपछि उनी विवादमा परेका थिए।

लामिछाने सुरुमा नेपाली नागरिकता लिने प्रक्रिया नै पूरा नगरी विवादमा परेका थिए। उक्त विवादमा सर्वोच्चले उनीसँग नेपाल नागरिकता नभएको फैसला गरेको थियो। लगत्तै उनले जिल्ला प्रशासन कार्यालय पुगेर प्रक्रिया पूरा गरी नागरिकता लिएका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.