Advertisement

उपराष्ट्रपतिमा पुरुष उठाएर गलत गरियो, म जित्नेमा ढुक्क छु: अष्टलक्ष्मी शाक्य

0 12

Advertisement

०३ चैत, काठमाडौं । उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ट्रेन बसालिएको बताएकी छिन्। शुक्रबार उपराष्ट्रपतिको निर्वाचनस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आवश्यकताको कारण आफू उपराष्ट्रपतिमा उठेको दाबी गरिन्।

उपराष्ट्रपति पदमा बसेर राजनीतिक हिसाबबाट काम गर्न नसके पनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिने उल्लेख गर्दै उनले आफू उपराष्ट्रपतिमा जित्नेमा ढुक्क रहेको बताइन्।

शाक्यले अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने संविधानको मर्मलाई मारेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाएको आरोप लगाइन्। उनले भनिन्, ‘यो मेरो चाहनाको विषयभन्दा पनि आवश्यकताको विषय हो। पार्टीले पनि त्यो आवश्यक्ता महसुस गर्‍यो, परिस्थितिले पनि महसुस गरायो।’

उपराष्ट्रपति अधिकार सम्पन्न पद नभई गरिमामय पद भएको बताउँदै उनले त्यहाँ बसेर राजनीतिक हिसाबले अधिकार नभए पनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिने उल्लेख गरिन्। ‘म जित्नेमा ढुक्क छु। १० दल एकातिर बसे पनि अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने, संविधानको अपव्याख्या गरेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाइएको छ, यो एकदमै गलत भयो,’ शाक्य भनिन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.