Advertisement

डीडीसीले कुन दूधमा कति बढायो मूल्य ?

0 11

Advertisement

०२ चैत, काठमाडौं । दूग्ध विकास संस्थान (डीडीसी)ले सबै प्रकारका दूधको मूल्य बढाएको छ । संस्थानले बिक्री गर्ने चार प्रकारका दूधमा प्रतिलिटर न्युनतम् १० रुपैयाँदेखि अधिकतम् १६ रुपैयाँसम्म मूल्य बढेको छ ।

बढेको मूल्यअनुसारको दूध बिहीबारबाटै बजारमा पठाइएको दूग्ध विकास संस्थानका सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले बताए ।

संस्थानको बुधबार बसेको सञ्चालक समिति बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको थियो । जसअनुसार सबैभन्दा धेरै बिक्री हुने निलो प्याकेटको स्ट्याण्डर्ड दूधको मूल्य लिटरमा ११ रुपैयाँले बढेर ९७ रुपैयाँ कायम भएको छ ।

संस्थानका अनुसार बजारमा पाइने आधा लिटरको एक पोका दूधको मूल्य काठमाडौं उपत्यकामा अब ४३ रुपैयाँबाट बढेर ४८ रुपैयाँ ५० पैसा कायम भएको छ ।

सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीका अनुसार यो मूल्य काठमाडौं, विराटनगर, जनकपुर, हेटौंडा र वीरगन्ज क्षेत्रमा लागू हुनेछ ।

यस्तै लुम्बिनी प्रदेशमा प्रतिलिटर ९४ रुपैयाँ मात्रै तोकिएको छ भने नेपालगन्ज र धनगढीमा स्ट्याण्डर्ड दूधको मूल्य प्रतिलिटर ९२ रुपैयाँ तोकिएको छ ।

यस्तै, फूल क्रिम दूधको प्रतिलिटर मूल्य १३० रुपैयाँ पुगेको छ । यो दूधमा संस्थानले लिटरमा १६ रुपैयाँले मूल्य वृद्धि गरेको छ । अब बजारमा पाइने यस्तो दूधको आधा लिटर प्याकेटको मूल्य ५७ रुपैयाँबाट बढेर ६५ रुपैयाँ कायम भएको छ । विराटनगर भने यस्तो दूधको मूल्य ११४ रुपैयाँबाट बढेर १२० रुपैयाँ पुर्‍याइएको छ ।

गाईको दूधको मूल्य लिटरमा ११६ रुपैयाँ पुर्‍याइएको छ । यो दूधमा प्रतिलिटर १४ रुपैयाँले मूल्य बढेको छ । अब बजारमा पाइने आधा पोका गाईको दूधको डीडीसीको मूल्य ५१ रुपैयाँबाट ५८ रुपैयाँ पुगेको छ ।

बजारमा चिया पकाउन प्रयोग हुने लो-फ्याट चिया दूधको मूल्य भने लिटरमा १० रुपैयाँले बढाएर ८० बाट ९० बनाइएको छ । अब ४० रुपैयाँमा पाइने आधा प्याकेट दूधको मूल्य ४५रुपैयाँ पुर्‍याइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.