Advertisement

तरकारी बजारबाट मासिक डेढ लाख रुपैयाँ आम्दानी गर्दै विद्यालय

0 16

Advertisement

३० फागुन, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित सेन्टर माध्यमिक विद्यालयले तरकारी बजारबाट लाखौँ आम्दानी गर्न थालेको छ। विद्यालयको १२ कठ्ठा जग्गामा तरकारी बजार निर्माण गरिएको थियो। बजार निर्माण भएपछि सो विद्यालयले २०७५ माघदेखि आय आर्जन गर्न थालेको हो।

उपमहानगरपालिका, तरकारी तथा फलफूल व्यवसायी र विद्यालयबीच ता गरी त्यहाँ तरकारी बजार स्थापनाका लागि सम्झौता भएको थियो। त्यही तरकारी बजारबाट अहिले विद्यालयले १ लाख ५७ हजार आम्दानी गर्दैआएको छ। तरकारी बजारमा रहेका ३६ पसलबाट भाडा उठाउने गरेको प्रधानाध्यापक भागवत पौडेलले बताए। यसअघि उक्त भाडा उपमहानगरपालिकाले उठाउने गरेको थियो।

उपमहानगरपालिकाले आफूले उठाएको करिब ४४ लाख रुपैयाँ विद्यालयलाई बुझाउन बाँकी रहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बताए। २ करोड ३३ लाखमा तरकारी बजार सञ्चालनमा आएको हो।

एउटा पसलको भाडा ५ हजार ५०० कायम गरिएको तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष माधव घिमिरेले बताए। तरकारी बजारमा तरकारी व्यापारका साथै फलफूल व्यापारसमेत गरिँदै आएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.