सगरमाथा जलविद्युतको आईपीओ बाँडफाँड
२६ फागुन, काठमाडाैं । सगरमाथा जलविद्युत कम्पनीले स्थानियबासी र वैदैशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आईपीओ बाँडफाँड भएको छ।
कम्पनीले ईलाम जिल्लामा स्थाई बसोबास गर्ने व्यक्तिहरुको लागि निष्काशन गरेको ११ लाख २० हजार कित्ता तथा र विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको ४ लाख ३६ हजार ८०० कित्ता शेयर विहीबार बाँडफाँड गरिएको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
स्थानियबासीको हकमा १० कित्ता देखि ३ हजार कित्ता सम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ३,१५० कित्ता देखि १० हजार कित्ता सम्म आवेदन दिने आवेदकहरुलाई ३ हजार ८० कित्ता र ३,१५० कित्ता देखि १० हजार कित्ता सम्म आवेदन दिने ६५ जना मध्ये गोलाप्रथाबाट ४९ जनालाई थप १० कित्ता गरी जम्मा ११ लाख २० हजार कित्ता बाँडफाँड भएको जनाएको छ ।
त्यस्तै विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्ता देखि ३० कित्ता सम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ४० कित्ता देखि ५ हजार कित्ता सम्म आवेदन दिने आवेदकहरुलाई ३० कित्ता र ४० कित्ता देखि ५ हजार कित्ता सम्म आवेदन दिने ९ हजार ५४१ जना मध्ये गोलाप्रथाबाट ६ हजार ८३२ जनालाई थप १० कित्ता गरी जम्मा ४ लाख ३६ हजार ८०० कित्ता शेयर बाँडफाँड भएको क्यापिटलले जनाएको छ ।