Advertisement

एकैदिन ८ सय रुपैयाँले बढ्यो सुनको भाउ

0 96

Advertisement

२६ फागुन, काठमाडाैं । छापावाला सुन एकैदिन ८ सय रुपैयाँले बढेर १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख १ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ । तेजावी सुन बुधबार १ लाख ५ सय रुपैयाँ कायम गरिएको थियो ।

महासंघका अनुसार शुक्रबार चाँदी भने स्थिर रहेको छ । बिहीबार १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८२८.९१ र चाँदी प्रतिऔंस १९.९२ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.