Advertisement

रुस-युक्रेन युद्धको एक वर्ष: कसलाई कति क्षति?

0 45

Advertisement

१२ फागुन, एजेन्सी । रुसले युक्रेन विरुद्ध विशेष सैनिक अभियान सुरु गरेको शुक्रबार एक वर्ष पूरा भएको छ। सन् २०२२ को फेब्रुअरी २४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विरुद्ध सैनिक कारबाहीको घोषणा गरेका थिए। जसको परिणाम स्वरुप सोभियत संघका तत्कालीन दुई मुलुक ३६५ दिनदेखि एकआपसमा लडिरहेका छन्।

युद्ध हुनुको मुख्य कारणमा युक्रेनमा रहेका रुसी भाषीको रक्षा र युक्रेन अमेरिका नेतृत्वमा रहेको नेटो सैन्य गठबन्धनमा सहभागी हुन रोक्नु रहेको रुसको दावी रहेको थियो। त्यसका अतिरिक्त करिब दुई दशकदेखि सत्ताको नेतृत्वमा रहेका रुसी राष्ट्रपति पुटिनका अनेक नकामलाई छायामा पार्न यो युद्ध रचिएको रुसका आलोचकहरु बताउँछन्।

तर, रुस भने बहुसंख्यक रुसी आप्रवासी रहेको युक्रेनमा अमेरिका र पश्चिमाहरुको प्रवेशले आफूलाई घेराबन्दी हुनाले त्यसलाई निरुत्साहित पार्न युद्ध आवश्यक रहेको दावी गर्छ।

रुस–युक्रेन युद्धलाई लिएर शक्ति राष्ट्रहरु पनि स्पष्ट रुपमा विभाजित भएका छन्। संयुक्त राष्ट्र संघको बिहीबार राति बसेको आपतकालीन बैठकले रुसले युक्रेनबाट सेना फिर्ता लानुपर्ने भन्ने प्रस्तावमा चीन, भारत लगायत राष्ट्रहरु मतदानमै सहभागी भएनन्। उक्त प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भए पनि ३२ देश भने मतदानमै सहभागी भएनन्। उक्त प्रस्तावको पक्षमा नेपालसहित १४१ राष्ट्रहरु रहेका थिए भने रुससहित ६ वटा मुलुकले विपक्षमा मतदान गरेका छन्।

यसले के देखाउँछ भने युक्रेनमा शान्ति स्थापनाका लागि विश्वका शक्ति राष्ट्रहरु एक स्थानमा छैनन्। हुन पनि युद्धको दौरानको एक वर्षभित्र रुस–चीन, रुस–भारतबीच थप सहयोग तथा व्यापारमा साझेदारी बढेको छ। अमेरिकाले भने चीनले रुसलाई हतियार निर्यात गरेको आरोप लागाएको छ।

त्यसको ठिक विपरीत रुस तथा उसका समर्थकले युक्रेनलाई अमेरिका लगायत पश्चिमा मुलुकले हतियार उपलब्ध गराएको आरोप लगाएका छन्। जसलाई पुष्टि हुने गरी अमेरिकाले हतियार खरिदका लागि युक्रेनलाई आर्थिक सहयोग गर्ने घोषणा गरिसकको छ।

अघिल्लो हप्ता मात्रै अमेरिकी राष्ट्रपति जो बाइडेन अनपेक्षित रुपमा किभ पुगेर युक्रेनलाई शान्ति स्थापनाका लागि २९.८ विलियन डलर बराबरको सैनिक सहयोग गर्ने बताएका छन्। त्यसको जवाफ दिँदै रुसका राष्ट्रपति पुटिनले युक्रेनलाई पश्चिमाले उछालेको टिप्पणी गरेका छन्।

त्यस्तै, पुटिनले आउँदा साताहरुमा युक्रेनमा थप क्षमता सहितको सैन्य कारबाही अघि बढाउने घोषणा गरेका छन्। अहिलेसम्म रुसले युक्रेनका प्रमुख ६ सहरहरु आफ्नो नियन्त्रणमा लिइसकेको छ।

अहिलेसम्मको क्षति

३६५ दिन युद्ध सकिँदासम्म रुस र युक्रनले आफ्नो पक्ष के कति क्षति भयो भन्ने आधिकारिक रुपमा सार्वजनिक गरेका छैनन्। तर युक्रेनले २०२३ को फेब्रुअरीकै पछिल्ला तीन हप्तामा दैनिक ८२४ रुसी सैनिकहरुको हाताहाती हुने गरेको दावी गरेको छ। तर त्यसलाई पुष्टि भने कसैले गर्न सकेको छैन।

बेलायाती सरकारको एक एजेन्सीका अनुसार एक वर्षको यो युद्ध अवधिमा करिब १ लाख ७५ हजारदेखि २ लाख रुसी सैनिक घाइते भएको र तीमध्ये ४० देखि ६० हजार जनाको मृत्यु भएको तथ्य सार्वजनिक गरेको छ। उक्त तथ्यांकलाई तुलना गर्दै तत्कालीन सोभियत युनियनले सन् १९७९ देखि १९८९ सम्म भएको अफगानिस्तान युद्धमा करिब १५ हजार सैनिकको मात्र मृत्यु रहेको बताइएको छ। उक्त तुलनामा पछिल्लो एक वर्षमा रुसले धेरै सैनिक गुमाइसकेको छ।

यता, युक्रेनी पक्षको भने करिब १३ हजार सैनिक हाताहाती भएको तथ्यहरु सार्वजनिक भएका छन्। संयुक्त राष्ट्रसंघको एक तथ्यले यो एक र्षको युद्धमा करिब ७ हजार १९९ युक्रेनीको मृत्यु भएको र करिब ११ हजार ७५६ नागरिक घाइते भएको जनाएको छ। राष्ट्र संघले यो तथ्यमा वास्तविकभन्दा धेरै कम पनि हुनसक्ने स्वीकारेको छ। उसले युद्धग्रस्त क्षेत्रमा गएर तथ्याङ्क संकलन गर्न कठिन रहेकोले त्यस्तो हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार संस्था सीबीएसले बताएको छ।

त्यस्तै, युरोपियन युनियनका एक न्यायिक आयुक्तले रुस–युक्रेन युद्धमा करिब ६५ हजार युद्ध अपराधका घटना भएको बताएका छन्। यस्तै, यो युद्धमा करिब ८० लाख युक्रेनी नागरिक शरणार्थी बनेर युरोपका अन्य मुलुकमा प्रवेश गरेका छन् र करिब ५३ लाख नागरिक आन्तरिक रुपमा विस्थापन भएका तथ्यहरु सार्वजनिक भएका छन्।

युद्ध भएको ९ महिनामा रुसले करिब ८२ विलियन डलर युक्रेन युद्धका लागि खर्च गरेको वर्ड इकोनकिम फोरमले बताएको छ। यता, युक्रेनको भने कति खर्च भयो भन्ने आधिकारिक तथ्य भने सार्वजनिक भएको छैन।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.