Advertisement

सांसद भण्डारीका आमाछोरालाई उपचारका लागि देशबाहिर लैजान सिफारिस

0 24

Advertisement

०४ फागुन, काठमाडौं । खाना पकाउने (एलपी) ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी र उनकी आमालाई थप उपचारका लागि अन्य लैजान सिफारिस गरिएको छ।

हाल उनीहरूको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। तर, हालको श्रोत र साधनको अवस्थामा उनीहरूको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र लैजान भनिएको छ।

अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकार र जलन उपचार विभाग प्रमुख डा किरण नकर्मीले भण्डार आमाछोरलाई यथाशीघ्र देशबाहिरका सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेका हुन्।

ग्यास सिलिण्डर पड्किएर आगो लाग्दा नेता भण्डारीको शरीरमा २५ देखि ३० प्रतिशत जलन भएको छ। यस्तै, उनकी ८६ वर्षीया आमाको ७० प्रतिशत शरीरमा जलनको असर परेको अस्पताकाल मेडिकल डाइरेक्टर ताम्राकारले बताएकी छन्।

चिकित्सकीय भाषामा शरीरको २० प्रतिशतभन्दा बढी भागमा जल हुनुलाई गम्भीर अवस्था मानिन्छ। यसअघि नेपाली कांग्रेसका नेताहरूले कीर्तिपुर अस्पतालका चिकित्सकसँग भण्डारीलाई थप उपचारका लागि भारत लैजाने विषयमा छलफल गरेका थिए।

बुधबार बेलुकी काठमाडौंको बुद्धनगरस्थित घरमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा नेता भण्डारी र उनकी आमा घाइते भएका थिए। दुवै जनालाई उपचारका लागि तत्कालै कीर्तिपुरस्थित वर्न अस्पताल पुर्‍याइएको थियो।

अस्पतालका अनुसार सांसद भण्डारीको अनुहार, दुवै हात र दुवै गोडाहरूमा गरी २५ देखि ३० प्रतिशत र उनकी आमाको जीउको अधिकांश भागमा गरी ७० प्रतिशत जलन भएको छ। साथै, दुवै जनाको स्वासनलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिएको अस्पतालले जनाएको छ।

PR_Chandra_BhandarI-Kirtipur-Hospital1676520649.jpg



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.