Advertisement

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

0 43

Advertisement

२५ माघ, काठमाडाैं । बुधबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढ्दा चाँदीको भाउमा भने तोलामा पाँच रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छावापाल सुनको मूल्य १ लाख ४ हजार ८०० रुपैयाँ, तेजावी सुनको मूल्य १ लाख ४ हजार ३०० र चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो मंगलबार सुनचाँदी दुबैको भाउ स्थीर रहेको थियो । उक्त दिन छापावाल सुन १ लाख ४ हजार ६०० रुपैयाँ तथा तेजावी सुन १ लाख ४ हजार ३०० रुपैयाँ र चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन र चाँदीको मूल्यका आधारमा नेपालमा दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १८७२ अमेरिकी डलर र चाँदी प्रतिऔंस २२.१९ डलर हाराहारीमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.