Advertisement

सुनको मूल्य १ लाख ४६ सय निर्धारण

0 39

Advertisement

२४ माघ, काठमाडाैं । सुनको भाउ मंगलबार तोलाको १ लाख ४ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार कायम भएको सुनको मूल्य सोमबार कारोबार भएको सरह हो ।

सोमबार छापावाला सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ४ हजार ६०० रुपैयाँ पुगेको थियो । यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । महासंघले तेजावी सुनमा पनि हिजोको मूल्य नै आज पनि यथावत् नै राखेको छ ।

महासंघले सुनको मूल्य मात्र नभई चाँदीको मूल्य पनि सोमबारकै मूल्य कायम गरेको छ । चाँदी प्रति तोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन र चाँदीको मूल्यका आधारमा नेपालमा दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १८७३ अमेरिकी डलर र चाँदी प्रतिऔंस २२.३४ डलर हाराहारीमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.